फ्रान्सको पेरिसमा सम्पन्न प्रथम मोना कपमा आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्स विजय भएको छ । आइतबार सम्पन्न फाइनल खेलमा मोना फ्रान्सले स्याङ्जा समाजलाई हराउँदै उपाधि हात पारेको हो । कोरोना भाइरसको संक्रमण फैलिएसँगै अवस्थामा स्थगित भएका कार्यक्रमहरुलाई नियमित गरेको मोनाले आयोजना गरेको प्रतियोगितामा एनआरएनए फ्रान्स,मगर समाज फ्रान्स, तमु समाज फ्रान्स, पर्वत समाज फ्रान्स, स्याङ्जा समाज फ्रान्स, बागलुङ्ग समाज फ्रान्स, एकता समाज फ्रान्स सहित ८ टिमले सहभागिता जनाएको थियो ।

प्रतियोगितामा मोना फ्रान्सका अमृत घर्ती मगरलाई उत्कृष्ट खेलाडी, डेफेन्डरमा याम श्रीष मगर, उत्कृष्ट सर्भरमा किस्मत अधिकारी, उत्कृष्ट स्पाइकरमा हिम्मत राई, उत्कृष्ट ब्लकरमा शंकर सेन,उत्कृष्ट सेटरमा लेख पुन र उत्कृष्ट अनुशासित टिम मगर समाज फ्रान्सलाई घोषित गरिएको मोना फ्रान्सका सचिव विकास केसीले बेनीअनलाइलाई जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेता, उपविजेता र उत्कृष्ट खेलाडीले क्रमश १२ सय यूरो, ६ सय यूरो र १ सय यूरो, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको सचिव केसीले जानकारी दिनुभयो । फ्रान्सका लागि नेपाली राजदुत श्रीमान् दिपक अधिकारीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको अध्यक्षता निवर्तमान अध्यक्ष पदम शेरचनको अध्यक्षतामा भएको प्रतियोगितामा मोनाका संस्थापक अध्यक्ष हेम बानियाँ लगायत मोनाका पदाधिकारी सहित सदस्यहरुको उपस्थिती रहेको थियो ।

कोरोनाका कारण लामो समयसम्म जमघट हुन नपाएको अवस्थामा खेलकुद गतिविधिमार्फत सहकार्यको अवसर मिलेको र प्रतियोगितालाईसफल बनाउन रचनात्मक सहयोग गर्नेलाई नवनिर्वाचित अध्यक्ष देबेन्द्र केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply