अविरल वर्षासँगै म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ भन्ने गाउँमा पहिरोमा परी एकै परिवारका दुईजनाको ज्यान गएको छ। सोमबार राती बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाउँदा नविन र रुजन विकको मृत्यु भएको वडा सदस्य भक्ती बहादुर घर्तीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

पहिरोमा घाम बहादुर विक, राजु विक र रोजी विकको खोजीकार्य भइरहेको छ ।‘हामी घटनास्थलमै छौ,‘दुई जनाको शब निकालिएको छ,‘बेपत्ता भएको खोजी भइरहेको छ’ वडा सदस्य घर्तीले भन्नुभयो ।

उहाँका अनुसार बेपत्ता परिवारका दुई छोराको शब भेटिएको छ भने आमाबुबा र एक छोरीको खोजीकार्य भइरहेको छ । घाईते अवस्थामा भेटिएकाको समेत उद्धार भइरहेको छ ।घरमा सुतिरहेको अवस्थामा पहिरो जाँदा पहिरोसँगै पुरिएका थिए। बर्षा र निरन्तर खसिरहेको पहिरोले उद्धार र खोजीमा समस्या भएको स्थानीयबासीको भनाई छ ।

बस्तीमाथिबाट ठूलो पहिरो खसेको र घरसमेत बगाएका कारण उनीहरूलाई जीवितै फेला पार्ने संभावना कम रहेको बताइएको छ । खोज, उद्धार तथा राहतका लागि वडाका विभिन्न बस्तीबाट घटनास्थल तर्फ गइरहेको वडा सदस्य भक्त बहादुर पुनले बताउनुभयो ।माथिल्लो क्षेत्रमा पर्ने सोलेडाँडा आसपासबाट निरन्तर पहिरो खसिरहेको छ ।

Leave a Reply