अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पहिरोमा पुरिएका एकै परिवारका ५ जनाको शब फेला, घाईतेलाई थप उपचारका लागि दरबाङ ल्याइने

On: August 2, 2022 12:05 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका-२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तिन जनाको शव भेटिएको छ । मंगलबार विहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहिन भएका एकै परिवारका तीन जनाको शब पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।‘पहिरोबाट निकालिएको छ,‘मृतक सबै एकै परिवारका हुन’ वडा सदस्य पुनले भन्नुभयो ।

खोज तथा उद्धारमा विहानैदेखि खटिएपनि भिषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो । पहिरोमा पुरिएको अवस्थामा विहान नविन र रुजन विकको शब निकालेको थियो भने घामबहादुर विक,राजु विक र रोजी विकको शब समेत निकालिर कानुनी प्रक्रियाको काम भइरहेको छ ।

वेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयलाई घटनास्थलमा पुगेका थिए । बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक घाईते भएका थिए । पहिरोस्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाईते अवस्थामा भेटिनुभएको थियो । ‘घरका सबै निन्द्रामा भाग्दाभाग्दै पहिरोमा परे,‘एकैपटक आएर घर पुरियो’ घाईते अवस्थामा भेटिएकाको भनाई उद्धित गदैं वडा सदस्य भक्तीबहादुर घर्तीले भन्नुभयो ।

घाईतेको रुम स्वास्थ्य चौकीमा उपचार गरी मौषम अनुकुल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको छ । पहिरोमा परेर ज्यान गुमाउनेप्रति मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले दुख ब्यक्त गर्नुभएको छ भने घाईतेको उपचार र मृतकको परिवारलाई समेत राहत उपलब्ध गराउने बताउनुभएको छ । यसैबीच बाढीपहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा जान समेत अनुरोध गरिएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।