जिल्लाका नेताह्ररुको केन्द्रमा बलियो पहुँच नहुदाँ सर्वसाधारणले कति सास्ती खेप्नुपर्छ भन्ने एउटा उदाहरण बनेको छ उत्तरी म्याग्दी जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला । बि.स २०७८ भदौ १९ गते म्याग्दीको सदरमुकाम बेनीबाट घरतर्फ जाँदा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जवीर पुन रघुगङ्गा गाउँपालिका–१ स्थित बेगखोलाले बगायो ।
उत्तरी म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्रै बेनी–जोमसोम सडकखण्डमा बर्षेनी बर्खे भेलमा ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्छ। बर्षामात्रै नभई हिउँमा समेत भिषण बर्षा हुदाँ बेगखोलामा सवारीसाधन बगाउने र पैदलयात्रीलाई आवतजावतमा समेत हम्मेहम्मे पर्छ ।
बेगखोला सदरमुकाम बेनीदेखि १२ किलोमिटर उत्तरमा पर्छ । विगत ६ बर्षयता बेगखोला वारपार गर्ने यात्रुको सास्ती बयान गरेर सकिदैन् । विसं २०७३ भदौ १६ गते आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल बगाएपछि यात्रा कठिन र जोखिमपूर्ण हुँदै आएको छ । लेकतिर भिषण बर्षा हुदाँ बेगखोलामा दैनिक ठूलो संख्यामा यात्रु अलपत्र पर्ने गरेको दृष्यले जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिलाई छुन सकेको छैन् ।
बाढीले पुल सहितको संरचना बगाएको ६ बर्ष वितिसक्दा समेत अस्थायी संरचनासमेत बन्न नसक्दा सास्ती भएको यात्रु सुरजन भट्टचनले बताए । ‘एउटा पुल नबन्दा यहाँको अवस्थाको बयान गर्न सकिदैन्,‘खोलाा बढेपछि हरेक दिन यात्रुको ज्यानकै जोखिम छ’ भट्टचनले भने । बेगखोला वारपार गर्नेले जिल्लाका सरोकारवाला निकायलाई ५ मिनेट भएपनि अवलोकन गर्न सुझाव समेत दिने गरेका छन् ।
बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको धेरै उदाहरण भएपनि नेता र जनप्रतिनिधिले सुने नसुने र देखे नदेखे जस्तै गरेको उत्तरी म्याग्दीका बासिन्दाको भनाई छ । बाढी आएको अवस्थामा मोटरसाईकल र यात्रुले समेत स्काभेटरलाई पैसा तिरेर ‘बकेट’मा बसेर खोला वारपार गर्ने गरेका छन् । बेगखोलामा सडक विभाग पुल महाशाखाले ‘डिजाइन एन्ड विल्ड’ मोडेलमा पुल बनाउन वीक्वीई हिमालयन जेभिलाई भ्याटसहित ८ करोड ५० लाखमा ठेक्का दिएको छ ।
ठेकदार कम्पनीले बेगखोलामाथी निर्माण हुने पुलको डिजाईन तयार पारी खोलाको विचमा फाउन्डेसन राखिसकेको भएपनि समयमै सम्पन्न गर्न स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिको ताकेताको अभावले ठग ठेकेदारले समयमै काम गर्न सकेकौ छैन। पुल ७० मिटर लामो हुने छ । पुलदेखि दायाँ–बायाँ २–२ सय मिटर लिंक सडक हुनेछ । यसैगरी बेनी–जोमसोम सडक अन्तरगत कूल ७६ किलोमिटर दूरीको यो सडक वर्षायाममा बेग र रुप्सेखोलामा दैनिकजसो अवरुद्ध हुन्छ ।