नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्लाको मालिका गाउँपालिका २ रुमको तापेङमा सोमबार राती पहिरोका कारण मृत्यु भएकाको परिवारजनप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेको छ ।

नेकपा म्याग्दीका सेक्रेटरी उषा मगरद्धारा जारी प्रेस विज्ञप्तीमा गत सोमवार राती भीषण वर्षाका कारण बाढी पहिरोमा पर्दा म्याग्दी जिल्ला मालिका गाउँपालिका २ रुम तापेङमा एकै परिवारका घामबहादुर विक,राममाया विक,नबिन विक,राजन विक र अस्मी विकको दुःखद निधन हुन पुगेको उल्लेख गर्दै नेकपा माओवादी पहिरोमा परी मृत्युवरण गर्न वाध्य पाँच जना नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ भनिएको छ ।

त्यसैगरी मृतकका आफन्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दै पहिरोमा परी घाइतेभएकाहरुको सीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।  प्रेस विज्ञप्तीमार्फत मृतकका परिवारहरुलाई उचित राहतको व्यवस्था,घाइतेहरुको निशुल्क प्रभावकारी उपचार र जोखिमको आतंकमा वसेका वस्तीहरुको सुरक्षित पुर्नवासको व्यवस्था गर्न नेपाल सरकारसंग माग गरिएको छ । ‘राज्यको कमजोर अवस्थाको कारण बाढी र पहिरोबाट प्रभावित जनताको उद्धार र राहतको कार्यमा संलग्न हुन सिंगो पार्टी पंङ्तिलाई निर्देशन गर्दछौं’विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply