---Advertisement---

पहिरोमा ज्यान गुमाउनेप्रति नेपाली कांग्रेस म्याग्दीद्धारा दुख व्यक्त

On: August 3, 2022 12:18 PM
Follow Us:

नेपाली कांग्रेस म्याग्दीले जिल्लाको मालिका गाउँपालिका-२ रुमको तापेङमा विपदजन्य घटनामा परी ज्यान गुमाएकाहरु प्रति गहिरो दुख ब्यक्त गरेको छ । बुधबार जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बीरद्धारा जारी प्रेस विज्ञप्तीमा पहिरोमा एकै परिवारको पाँच जनाको निधनले स्तब्ध भएको बताउँदै मृतकका आफन्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दै पहिरोमा परी घाइतेभएकाहरुको सीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

पहिरोमा परीघामबहादुर विक,राममाया विक,नबिन विक,राजन विक र अस्मी विकको घटनास्थलमै ज्यान गएको थियो । कांग्रेसले घाईतेको सवैको उपचार खर्च सरकारले ब्यहोर्ने समेत सरकार समक्ष माग गरेको छ। जिल्लामा बाढीपहिरोबाट हुने क्षतीको न्यूनिकरणमा आवश्यक तयारी तथा बाढीपहिरोको प्रकोपबाट जोगिन उच्च सर्तकता अपनाउन समेत हार्दिक अपिल गरिएको छ ।