नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि फैलिन लागेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आए पनि यसको महत्त्वमा कुनै कमी देखिँदैन ।
नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ l हिजोआज तीज भड्किलो हुँदै छ भने तीजको नाममा विभिन्न गीत सङ्गीत पनि बन्ने गरेका छन् l तिज गीतहरूमा विशेष गरी महिलाका दुख पिडा व्यक्त गर्ने प्रचलन छ तर आजकल ब्यबसायिक तिज गीतले विभिन्न कोण तथा कथालाई उठान पनि गर्ने गरेका छन् l
यही पर्वलाई लक्षित गर्दै भर्खरै “स्यानी २ राजा रानी “ बजारमा आएको छ l स्यानी २ मा विवाहित जोडीको कथालाई उठाइएको छ l घरमा बुढीको राजा बनेर बाहिर साझा बन्ने र घरमा बुढाको रानी भए पनि बाहिर स्यानी बन्ने प्रवृत्ति माथि घुमाउरो व्यंगात्मक शैली गीतले बोलेको छ l
भिडियो मार्फत राजा रानी घरमा मात्र हुनु पर्ने सन्देश दिइएको छ l चर्चित सर्जक केशव पौडेलले लेखेका शब्दहरूलाई खेम पुनले लयबद्ध गरेका हुन l चर्चित गायक तथा सर्जक रबिन लामिछाने र अमृता श्रीपालको स्वरमा सजिएको गीतको सङ्गीत संयोजन विश्वास नेपालले गरेका हुन् l यस पटक आफ्नै तिज गीतमा बाहेक अन्य गीतमा नदेखिएका दुर्गेश भने स्यानीमा धमाकेदार रूपमा देखिएका छन् l दुर्गेश सँगै भिडियोमा रबिना भण्डारीले कम्मर मर्काएकी छिन l
उनीहरूलाई कोरियोग्राफर तथा निर्देशक प्रवीण थापाले नृत्य तथा अभिनय गराएका छन् भने भिडियोको निर्देशन पनि थापाले नै गरेका हुन् l बाबा इन्टरटेनमेन्ट टिभी मार्फत युट्युब प्लेटफर्ममा सार्वजनिक भिडियोको निर्माण वैदेशिक रोजगारीका सिलसिलामा कतारमा कार्यरत मध्यान्हकर्मी तिलु शर्मा पौडेलले गरेका हुन् l स्यानीको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने प्रवीण भट्टले सम्पादन गरेका छन् l गीतको भिडियोलाई निकै रुचाइएको छ भने गीतको थेगो चर्चित हुँदै गएको छ l
भिडियो-

Leave a Reply