अरिंगालले चिलेर बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली भएको छ । पर्वतको कुस्मा नगरपालिका–१, पाङ नेवारका ३५ बर्षिय श्रीराम परियारको मृत्यु भएपछि उनका परिवार विचल्लीमा परेका हुन् । परियारको गएको साउन १२ गते अरिंगालले चिलेर गम्भीर घाईते भएको अवस्थामा उपचारको क्रममा मृत्यु भएको थियो ।

अत्यन्त गरीब परिवारका परियारले ज्यालामजदुरी गरी परिवारको गुजारा चलाउने गर्दथे। आर्थिक आर्जनको रुपमा अरिंगालको गोला पोल्न जाँदा परियारको अनुहार, हात खुट्टा, ढाड, कानलगायत विभिन्न अङ्गमा चिलेर मृत्यु भएको स्थानीय यूवा गोकुल श्रेष्ठले बताए । ‘बालबालिकाको बिचल्ली भएको छ,‘घरमा एक छाक पकाएर खाने अन्न पनि छैन’ श्रेष्ठले भने ।

मृतक परिवारका दुई श्रीमतितर्फका २ छोरा र ४ छोरीको शिक्षादीक्षा सहित पालनपोषणमा आर्थिक अभाव भएपछि सहयोगको याचना गरिएको उनले बताए । कलिला छ जना छोराछोरी बुबाको मृत्युपछि भक्कानियर रुने गरेका छन्, भने मृतक परियारकी श्रीमति फुलमायाँ र नैनकलीको आँखा पनि अझै ओभाएका छैनन्।  घरको पिँढीमा छोराछोरीसँगै बसेका श्रीमतीको आँखामा टिलपिल आँसु भरिएको देखिन्छ । घरपरिवारको अवस्था देखेर गाउँले र भेट्न जाने आफन्तको समेत आँखा झनै रसाउने गरेको छ ।

घरमा कमाउने कोही नहुँदा अहिले उनीहरूलाई बिहान–बेलुकीको छाक टार्न पनि मुस्किल परेको श्रीमति फुलमायाँले बताईन् । उनले कमाउने मान्छे गएपछि छोराछोरीको चिन्ताले सताइरहेको बताईन् । ‘बिहान बेलुका बालबच्चाको पेट कसरी भर्ने भन्ने चिन्ताले सताउँछ,‘शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलिरहेको छ’ फुलमायाँले भनिन् ।

ओड्ने–ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा किरिया खर्च जुटाउनसमेत सहयोग माग्नु परेकाले भविष्यलाई सम्झिएर सन्तकुमारीले किरियामै रुँदै उनले सहयोगको याचना गरिन्। पाङ यूवा क्लवले आर्थिक सहयोग अभियान समेत सञ्चालन गरिरहेको क्लवका अध्यक्ष जयराम सुबेदीले बताए । उनले भत्किन लागेको टिनको छाप्रोमा बस्ने परियार परिवारलाई आर्थिक सहयोग आवश्यकता रहेकोे बताए ।

आर्थिक अभावकै कारण गाउँकै सामुदायिक विद्यालयमा समेत नियमित पढ्न नपाइरहेको अवस्थामा शैक्षिक साम्रगी, पोशाक लगायत आवश्यक खर्च जुटाउन नसक्नेमा अब शिक्षा दीक्षाबाटै बन्चित बनाउनुपर्ने अवस्था आउन सक्ने स्थानीयको भनाई छ ।

सहयोगका तथा सम्पर्क नं ९८५७६२४१०४, ९८५७६२६४१५, ९८५७६६६६००, ९८४५१९४६९१ Prime commercial bank ltd Baglung Ac/no:11800396CA Ac/name:Pang yuba club Swift code = PCBLNPKA अध्यक्ष पाङ युवा क्लब कु न पा -१, पाङ पर्वत

 

Leave a Reply