मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ तेताङ माथिको प्याङ भन्ने उच्चलेंकको ओढारमा शंकास्पद वस्तु पड्किएर घाईते भएकामध्ये दुई जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

मंगलबार बेलुका करिब ५ बजेतिर जिम्बु खोज्न जाने क्रममा शंकास्पद वस्तु खोल्ने क्रममा अचानक पड्किएर घाईते भएका म्याग्दीको मालिका गाउँपालिका –३ का २२ वर्षीय रेश रोक्कामगर, १९ वर्षीय टिका बुढामगर,२५ वर्षीय तेजेन्द्र रोकामगर र २५ वर्षीय दिलिप रोकामगरमध्ये दिलिप र तेजेन्द्रलाई उपचारका लागि पोखरा पठाइएको मुस्ताङका प्रहरी नायव उपरीक्षक राजकुमार दानीले बताउनुभयो ।

‘दुई जनाको अवस्था समान्य छ, धेरै चोट लागेकालाई पोखरा रिफर गरिएको हो’ प्रनाउ दानीले भन्नुभयो । घटनामा घाईतेलाई पहिरोले सडक अवरुद्ध भएपछि पैदलमार्ग हुदै नेपाली सेना, नेपाल प्रहरी सहितको टोलीले म्याग्दीतर्फ ल्याएको थियो । घाइते भएकामध्ये दुबैतर्फको हातको औला, दुबै खुट्टाको घुँडाको तलको भाग लगायत शरीरमा चोट देखिएको छ । तत्कालिन खम्पा बिद्धोह वा माओवादीको शसस्त्र यूद्धको क्रममा छोडेको अनुमान गरिएको बम विष्फोट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । तस्वीर सौजन्य इन्द्रसिंह शेरचन

Leave a Reply