म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापानले वार्षिक साधारण सभा तथा प्रथम क्षेत्रीय भेला गर्ने भएको छ । यही अगस्त १३ तारिख शनिवार शिजुओकामा सम्पन्न गर्ने तयारी भएको छ। क्षेत्रीय भेलाको आयोजना शिजुओका क्षेत्रीय कमिटीले गर्न लागेको हो भने सहआयोजकमा सम्पूर्ण क्षेत्रीय कमिटीहरु रहेकाछन ।

कार्यक्रम बिहान ११ बजेदेखी सुरु हुने आयोजकले जनाएको छ । साथमा जापानवासी सम्पूर्ण म्याग्देलीहरुलाई उपस्थित भई कार्यक्रम भव्यताका साथ सम्पन्न गराऊन आग्रह गरिएको छ। कार्यक्रमको सम्पूर्ण तयारी सकिएको आयोजक क्षेत्रीय समिति शिजुओकाले जनाएको छ ।

Leave a Reply