जिल्लाको बेनी नगरपालिका-९ गलेश्वरमा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकलाई लायन्स क्लव अफ बेनी पिस सिटीले भोजन गराएको छ । सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा बृद्धबृद्धालाई क्लवद्धारा गलेश्वर अन्न क्षेत्रमा क्लवले भोजन गराएको अध्यक्ष नन्दकुमार पाईजाले बताउनुभयो ।

घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर लायन्सले विगतमा समेत सहयोग गरेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । बृद्धबृद्धाको सेवा मानवसेवाको नमुना कार्य भएको क्लवले जनाएको छ ।
कार्यक्रममा क्लवका क्लवका पूर्व अध्यक्ष खम थापा मगर, सुर्वण रिजाल लगायतको उपस्थिति रहेको थियो ।

आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करिव ७५ बृद्धबृद्धाको बसोबास रहेको छ । घरपरिवारमा छोराछोरी भएका बृद्धबृद्धालाई समेत बोझ भन्दै आश्रममा छोडेर गएको बृद्धबृद्धाले गुनासो पोख्ने गरेका छन् ।

क्लवले निवन्ध प्रतियोगिता, अपाङ्गता भएकालाई हिब्लचियर वितरण, आखाँ चेकजाँच शिविर, मधुमेहका बिरामीलाई लक्षित गरी शिविर, क्यान्सर रोगका बारेमा जनचेतनामुलक कार्यक्रम,बृक्षारोपण, डस्बिन वितरण, रक्तदान, छात्रबृत्ती वितरण कार्यक्रम गर्ने गरेको छ ।

Leave a Reply