---Advertisement---

क्षत्री महिला नगर समाज म्याग्दीको अध्यक्षमा उर्मिला केसी चयन

On: August 6, 2022 9:35 PM
Follow Us:

म्याग्दीको बेनीमा क्षेत्री महिला नगर समाजको तेश्रो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ ।  शनिबार क्षेत्री समाज म्याग्दीको सभाहलमा तेश्रो  साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले उर्मिला केसीको अध्यक्षतामा ११ सदस्यीय बेनिनगर समिति  चयन गरेको छ।  समितिको उपाध्यक्षमा गङ्गा थापा कार्की, सचिव मनुकुमारी बानिया, कोषाध्यक्ष जमुना थापा, सह सचिव सुनिता केसी चयन भएका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यहरुमा सिता केसी, राधिका खत्री क्षेत्री, रिता थापा, सलिना भण्डारी खत्री, कमला घिमिरे, निरु भण्डारी, पार्वती बानिया, अनिता खत्री, सुशिला बानिया, सरिता बानिया केसी र अनिता कार्की चयन भएका छन्  । कार्यक्रममा सिता थापा कुँवर संस्थागत प्रतिबेदन, सचिवको प्रतिबेदन सिता कार्की बानिया र आर्थिक प्रतिबेदन रेखा कुँवरले प्रस्तुत गर्नु भएको थियो ।

क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य तथा कार्यक्रमका   प्रमुख अतिथिअमृता देवी बानियाले मन्तब्य ब्यक्त गर्दै  आ(आफ्ना जातिगत संगठनहरु धेरै स्थापना भएका छन् तर  क्षेत्री महिला नगर समाजले आफ्नो छुट्टै पहिचान बनाउने कुरामा आफु बिश्वस्त रहेको बताउनुभयो ।

शुभकामना मन्तब्य दिदै बेनि नगरपालिकाका पुर्व उपमेयर संजु  बरुवालले क्षेत्री समाज म्याग्दी  आज जुन स्थानमा पुगेको छ  यो स्थान सम्म  आइपुग्नमा  क्षेत्री महिला समाजको पनि महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । त्यसैगरी क्षेत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी कुमारी केसीले महिलाहरुको क्षमता बिकासका लागी तालिम तथा शशक्तिकरणका विभिन्न कार्यक्रम अगाडी बढाइने बताउनुभयो । क्षेत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्र रावलले राजनैतिक रुपमा हामी फरक सिद्दान्त  र बिचार ग्रहण गरेपनी क्षेत्री समाजको भवन  भित्र प्रवेश गरेपछि केवल क्षेत्रीहरुको बिचारमा एक हुने कुरा बताउनुभयो ।

कार्यक्रममा कमला जिसी, संचारिका समुह म्याग्दीका संयोजक देवी जिसी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा पुरानो कार्यसमितिका पदाधिकारी र सस्यहरुलाई सम्मान समेत गरिएकोछ ।  कार्यक्रम क्षेत्री नगरासमितिका अध्यक्ष सिता कुँवर थापाको अध्यक्षता क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य अमृता देवी बानियाको प्रमुख आतिथ्यता, गङ्गा थापा कार्कीको स्वागत र सिता बानिया कार्कीको संचालनमा सम्पन्न भएको थियो ।