---Advertisement---

हिस्टुन बेनी नगरको अध्यक्षतमा भरत खत्री चयन

On: August 6, 2022 10:23 PM
Follow Us:

माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल(हिस्टुन)को बेनी नगर समितिको अध्यक्षमा भरत खत्री चयन हुनुभएको छ । शनिबार आयोजित भेलाबाट भानु माविका प्रधानध्यापक खत्रीको अध्यक्षतामा नयााँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुजन बानियाँ,सचिव गंगा बानियाँ, सह–सचिव प्रकाश सुवेदी,कोषाध्यक्ष श्यामबाबु सिंह रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा तिल बहादुर घिमिरे,कल्पना चोखाल,गोविन्द रिजाल चयन हुनुभएको अध्यक्ष खत्रीले जनाकारी दिनुभयो ।

माध्यमिक तहका (साविकको उमावि) शिक्षकहरुमार्फत कक्षा ११ र १२ लाई लक्षित गरी विभिन्न योजना सहित नगरपालिका भित्र कार्यक्रम गरिने अध्यक्ष खत्रीले बताउनुभयो। विगतदेखिनै शिक्षकको पेशागत हक हित संरक्षण गर्न माग राखि आन्दोलतरत शिक्षकको मागलाई समेत सम्बोधन गर्ने गरी समितिमार्फत आवश्यकता अनुसार दबाबमुलक कार्यक्रम गरिने बताइएको थियो । भेलाको अध्यक्षता हिस्टुनका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला अध्यक्ष कविराम थापाले गर्नुभएको थियो।