अष्ट्रेलिया अध्ययनका लागि शैक्षिक परामर्शदाताको पहिचान बनाइसकेको स्टूडेण्ट भाइसले विद्यार्थी केन्द्रित अभियानलाई प्राथमिकता दिएर काम गरिरहेको छ । पछिल्लो समय उच्च शिक्षा प्राप्त गर्ने उद्देश्यले अष्ट्रेलिया प्रबेश गर्न चाहने नेपाली बिध्यार्थीहरूको संख्या बढ्न थालेको अवस्थामा नेपालमा समेत शाखा कार्यालयमार्फत सेवा दिइरहेको स्टूडेण्ट भाइसले विद्यार्थीसँग नजिकको सम्बन्ध स्थापित गर्ने गरी विभिन्न रचनात्मक कार्यहरु गरेको छ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका र जाने तयारीमा रहेका विद्यार्थीको मनोबल उच्च बनाउंदै हौशला र प्रेरणा प्रदान गर्ने मामिलामा सधै सक्रिय हुदाँ धेरै सकारात्मक सन्देश प्रवाह भएको सस्थाकी प्रबन्ध निर्देशक सुनिता श्रेष्ठले बताईन् । ‘संस्थामार्फत धेरै सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय छौ,‘समाजका सबै क्षेत्रमा हाम्रो साथ र सहयोगसँगै विद्यार्थीको उन्नती र प्रगतिमा केन्द्रित छौ’ श्रेष्ठले भनिन् ।

‘स्टुडेण्ट भाईस कन्सल्टेन्सी मात्र होइन , यो मार्फत आउँदा हामीले यहांबाट अभिभावकत्व पाएका छौ’शनिबार सस्थाले सिड्नीमा आयोजना गरेको बिध्यार्थी भेटघाट कार्यक्रममा बिध्यार्थीहरूले आफ्नो अनुभब सुनाएका थिए ।

विद्यार्थीको अनुभवलाई समर्थन गर्दै एप्सले र अष्ट्रल स्किल इनेष्टिच्यूट अफ अष्ट्रेलियाकी मार्केटिंग मेनेजर स्वस्तिका बिष्टले कलेजको तर्फबाट स्टुडेण्ट भाईसले बिध्यार्थीहरूमा पारेको सकारात्मक प्रभाबको बारेमा चर्चा गरेकी थिइन ।‘ राम्रो ऐजुकेसन कन्सल्टेन्सीसंग जोडिन पाएकोमा हामी पनि खुशी छौ’ उनले भनिन् ।

विद्यार्थी भेटघाट कार्यक्रमकौ सन्चालन सस्थाका इन्टरनेशनल ऐजुकेशन अफिसर रन्जित घिमिरेले गरेका थिए भने सस्थाका अपरेसन म्यानेजर सुमित खनाल ,पूर्ब प्राध्यापक इएन इस्टीभेन्स ,सस्थाकी प्रबन्ध निर्देशक सुनिता श्रेष्ठ र लुम्बिनी एफ सी कोच दिल खड्का लगाएतले सस्थाले नेपाली बिद्यार्थीहरूको बारेमा खेलको सकारात्मक भूमिकाको खुलेर चर्चा गर्दै प्रशंसा गरेका थिए ।

अष्ट्रेलियामा अध्यायनरत नेपाली बिद्याार्थीहरूलाई साथ र समर्थन गर्दै आएको स्टुडेण्ट भाइसले आयोजना गरेको यस्तो कार्यक्रम सांच्चै नै फलदायी हुने बिश्वास गरिएको सस्थाका निर्देशक बद्री बरूवालले बताए ।

‘एक आपसमा परिचय नहुनु भएका नेपाली बिद्ययार्थीहरूलाई नजिक बनाएर भाईचाराको सम्पन्ध बनाउंनु पनि जमघटको उद्देश्य रहेको छ,‘परदेशमा आएका नेपाली बिद्यार्थीबीच भाईचारा बढाएर जानेको र सिकेको सिपबीच साटासाट गर्ने उद्देश्य हो‘ बरूवालले भने । संस्थामार्फत म्याग्दी सहित देशका विभिन्न क्षेत्रमा मानवीय सेवा, आर्थिक अभावका कारण उपचार सहित विभिन्न क्षेत्रमा समस्या भएकाहरुको उपचारमा समेत सहयोग गर्ने गरिएको छ ।

 

Leave a Reply