म्याग्दीमा रहेको लायन्स क्लब अफ बेनी सिटीद्धाद्धारा डम्मरामा बृक्षारोपण तथा बराहपाखोमा फलफुलका विरुवा गोडमेल गरिएको छ ।  सिटीका अध्यक्ष ला. राजु बानियाँको नेतृत्वमा बराहपाखोमा फलफुलको विरुवा गोडमेल तथा वडा नं ६ डम्मरामा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नं. ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, क्लबका पदअधिकारीहरु पुर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा क्लबका पूर्व अध्यक्ष समेत रहनुभएका दिपेन्द्र श्रेष्ठले लायन्सको गतिविधि बारे स्पष्ट पार्दै सबैलाई सक्रिय रुपमा सेवा भावले अघि बढ्न आग्रह गर्नुभयो ।

क्लबका अध्यक्ष बानियाँले सबै मिलेर सामाजमा राकारात्मक काम सबै एकजुट भएर निरन्तर काम गर्न आग्रह गर्नुभयो । कुनै पनि संघ संस्थालाई नामले भन्दा पनि कामले चिनाउनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा पूर्व अध्यक्ष बिनय श्रेष्ठ, निवर्तमान अध्यक्ष मिलन बानियाँको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply