म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको दूधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै जान थालेको छ। असारदेखि असोजसम्म यस झरनामा रमाउन थुप्रै आन्तरिक पर्यटक आउन थालेका हुन् ।

सदरमुकाम बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । भकिम्लीको दूधेखोला नजिकै पर्ने कोप्रे झरनामा पछिल्लोपटक दैनिकजसो पर्यटक पुगेर रमाउने गरेका छन् ।

स्थानीय बासिन्दाले ‘कोप्रे छहरा’ भन्ने कोप्रे झरनामा खासगरी शनिबार तथा बिदाका दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको झरनामा दैनिक झण्डै एकसयको हाराहारीमा पर्यटक घुम्न आउने गरेको स्थानीयवासी बताउँछन् ।

बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा ससाना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिससमेत पुग्छन्। यस झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनका समयमा भेटिएको झरना पनि भनेर चिन्ने गरेका छन्। काममा व्यस्त मानिस पनि फुर्सत मिलाएर एकैछिन भए पनि कोप्रे झरनामा रमाएर फर्कने गर्छन् ।

स्थानीयवासीले जनाएअनुसार कोप्रे छहरामा पहिलेदेखि नै मानिस जाने गर्दथे। खासगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दूधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिस पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्थे ।

विगतदेखि नै मानिसको चहलपहल हुने यस झरनामा गत वर्ष र अघिल्लो वर्ष कोरोना भाइरसका कारण जारी निषेधाज्ञाका बीचमा पनि घुम्न जानेको सङ्ख्या बढेको थियो । बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्द महसुस गर्न पाएको आन्तरिक पर्यटक रचना रिजाल बताउनुहुन्छ । कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्का समयमा निकै ठूलो हुने गर्दछ ।

यस झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकले ‘वर्षे झरना’ भनेर नामकरण गरेका छन्। भिर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ। घाम लागेका समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ। पहाडको टुप्पोबाट जमिनतिर एकनाशले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकको भनाय छ।

sf]k|] em/gfdf /dfpFb} o’js–o’jtL
un]Zj/ @@ ;fpg M DofUbLsf] a]gL gu/kflnsf–# l:yt sf]k|] em/gfdf /dfpFb} o’js–o’jtL . sf]k|] em/gf kl5Nnf] gofF uGtJo :ynsf] ?kdf ljsf; ePsf] 5 . tl:a/ M w|’j;fu/ zdf{÷/f;;

कोप्रे झरनामा कतिपय पर्यटक टिकटक बनाउनकै लागि भए पनि पुग्ने गरेका छन्। अहिले त्यहाँ म्याग्दी सदरमुकाम बेनीबजारसहित ज्यामरुककोट, भकिम्लीलगायतका क्षेत्रबाट प्रायः पर्यटक भ्रमणमा निस्कन्छन्। झरनामा गर्मी छल्न तथा त्यहाँ पुगेर मोबाइलमा सेल्फी र भिडियो खिचेर रमाउन पाइने हुँदा खासगरी युवायुवती र केटाकेटी धेरै जाने गर्छन् ।

कोप्रे झरनालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न चालु आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।

उनका अनुसार प्रशस्तै पर्यटकीय सम्भावना हुुदाहुँदै पनि ज्यामरुककोट बत्ती मुनिको अँध्यारो बनेको छ। प्रचारप्रसार र आवश्यक लगानीको अभावमा यी स्थानमा पूर्वाधार निर्माण गर्न नसक्दा ओझेलमा परेका पर्यटकीय सम्भावनाले युक्त ठाउँको विकासका लागि वडा र नगरपालिकाले प्राथमिकताका साथ क्रमिकरुपमा काम गर्ने जनाएको छ । रासस

Leave a Reply