लोकप्रीय गायक राजेन्द्र सापकोटाको तिज गीत सम्झे मायालाई सार्वजनिक भएको छ । हरितालिका तिज नजिकिदै गरेको अवस्थामा गायक सापकोटाले आफ्नै शव्द, लय तथा स्वरमा रहेको मोलिक तिज गीत सांगीतिक बजारमा ल्याउनुभएको हो।

‘सुन सुन सई हो गाउँको हिरो मै हा,े हाई हाई सम्झे मायालाई’ निकै उत्कृष्ट गीतमा गायक सापकोटा संगै पछिल्लो समयकी चर्चित गायीका शान्तिश्री परियारको पनि स्वर रहेको छ ।

रोयल च्वाईस म्युजिक प्रा.ली.को प्रस्तुतीमा आफ्नै युटुव च्यानलबाट गायक सापकोटाको तिज गीत सार्वजनिक भएको हो ।
उक्त गीतको एरेन्ज चर्चित एरेन्जर तारानाथ आचार्यले गर्नुभएको छ । पोखरामा छायाँकन गरिएको म्युजिक भिडियोमा लोमस शर्मा र आयुष्मा कार्कीको अभिनय रहेको छ । होम गुरुङले निर्देशन गर्नुभएको भिडियोको छायाँकन गणेश सापकोटाले गर्नु भएको हो ।

हरेक बर्षको तिजको मौलिक गीत प्रस्तुत गर्दै आउनुभएका गायक सापकोटाले यस बर्षको तिजमा भने दिदि बहिनीहरुलाई नचाउनका लागि रमाईलो गीत बजारमा ल्याएको बताउनुभयो ।

‘तिजको अवसरमा कतिपय गीतहरु उच्छृङ्खल र अस्लिलता बोकेर बजारमा आएका छन तर म लोक लय र मौलिकतालाई पछ्याउँदै आएको छु’ गायक सापकोटाले भन्नुभयो, “यसपालीको तिजको कोशेलीमा थोरै माया मिसाएको छु”।म्याग्दीको मंगला गाउँपालिका –३ बरंजामा जन्मिुन भएका गायक सापकोटा हाल पोखरामा बस्दै आउनुभएको छ । पोखराको सृजनाचोकमा होलसेल खाद्यान्न पसल संचालन गर्नुभएका उहाँले लोक संगीतको क्षेत्रमा पनि निरन्तरता दिईरहनुभएको छ ।

गायक सापकोटाले यसअघि हे आमा, पोखरामा पानी बटौलीमा घाम, मुग्लिनमा भात खाँदा, लगायतका तिजका गीतहरु प्रस्तुत गरिसक्नुभएको छ भने जवानीमा धक्का, पिरती मिसाउनी, छेकी छेकी, लगायतका लोक दोहोरी गीतहरु चर्चामा रहेका छन ।

Leave a Reply