म्याग्दीको एक कृषकको घरमा दुईवटा टाउको भएको पाडो जन्मेको छ । बेनी नगरपालिका–५,डडुवाका किसान हर्क बहादुर बिकले पालेको भैँसीले दुई वटा टाउको भएको अनौठा पाडो जन्माएको हो ।

गाउँका अगुवा किसान होमबहादुर खत्री ‘राजु’ खत्रीका अनुसार प्रसवमा रहेको भैँसी सहजै नब्याएपछि आफ्नै प्रयासमा एउटै शरीरमा दुई वटा टाउका भएको पाडो जन्माएको बताउनुभयो । ‘पशु प्राविधिकको सहयोग चाहिएन्,‘विभिन्न सञ्चारमाध्यममा देखेको थिए’ खत्रीले भन्नुभयो । पाडाका दुईवटा टाउका संगै दुई मुख, र चार आँखा स्पष्ट छुट्टिएका छन् ।

दुई टाउका भएको पाडो जन्माए पनि पाडो भने बच्न नसकेको खत्रीको भनाई छ । भैसीको अवस्था भने सामान्य छ । यता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले जिनको समस्या भएको बताउँदै यस्तो अवस्थामा सावधान अपनाउनुपर्ने बताउनुभयो ।‘यो कमै हुन्छ,यस्तो अवस्थामा जन्मिएका पाडापाडी जिवित हुने सम्भावना न्यून हुन्छ’ रेग्मीले भन्नुभयो ।

Leave a Reply