जापानको फूकुओकामा क्रियाशील पुरानो सस्था फूकुओका नेपाल सोसाइटीको आयोजनामा हिन्दु नेपाली महिलाको महानपर्व तीज पर्वको अवसरमा तिज धमाका २०२२आयोजना गर्ने भएको छ। कोरोना भाइरसका कारण विगत दुईबषृ स्थगित भएकोमा यसबर्ष नेपालको ख्याती प्राप्त चर्चित कलकारहरुको उपस्थितिमा कार्यक्रम हुन लागेको आयोजनकले जनाएको छ ।

तिज धमाकामा चर्चित लोकदोहोरी गायक बद्रि पंगेनी ,चर्चित गायक पशुपति शर्मा र चर्चित परदेशी गायकको नामले परिचित सुर्य खड्का र सम्झना भण्डारी लाई निम्त्याउने छ भने जापान मै रहेका कलाकार हरुलाई पनि निमन्त्रणा गरि भव्यरुपमा तीज कार्यक्रमको तयारि भैरहेको तीज कार्यक्रमका संयोजक दिलेन्द्र प्रसाद जोशी जानकारी दिनुभयो।

नेपाल बाट आउने कालाकारहरुको सम्पूर्ण तयारि पुरा भैसकेको र बाकि सस्थाको तर्फबाट गर्नु पर्ने आन्तरिक तयारि हरु भैरहेको सस्थाका प्रबक्ता तथा तीज कार्यक्रम संयोजक जोशी ले बताए।

बिगत २ बर्ष कोरोनाका कारण कलाकार लाइ आमन्त्रित गरि प्र्त्यक्ष कार्यक्रम नभएकोले फूकुओकामा बस्नुहुने सम्पूर्ण आमा बुवा दाजु भाइ दिदि बहिनि हरुलाई यसपाली चर्चित कलाकारहरुको साथमा मनोरन्जन लिने अवसर नगुमाउन सस्थाका अध्यक्ष माधव सिग्देल ज्युले अनुरोध गर्नु भएकोछ। कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ।

कार्यक्रम अगस्त २६ सुक्रबारका दिन हाकाता सिमिन सेन्टरमा साझ ५ बजे बाट हुने भएकोले आयोजक परिवार क्युशुबासि सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गरिएको छ।

Leave a Reply