शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा विश्लेषण गरिएको छ । जिल्लाकाभरमा निजी विद्यालयको स्तर निर्धारण गरी सार्वजनिक गरिएको हो ।

इकाईका अनुसार औषत जिपिएको आधारमा लिटिल गार्डेन एकेडेमी पहिलो भएको छ । लिटिल गार्डेनले ३.४९ ल्याएर प्रथम भएको छ भने बेनी आवासीय माविले ३.२४ दोस्रो भएको छ । न्यू वेष्ट प्वाइन्ट आवासीय माविले ३.१० तेस्रो भएको भने गलेश्वर आर्दश आवासीय माविले ३.०८ र लोकदिप आवासीय माविले २.९९ ल्याएर औषत जिपिएमा पाँचौ स्थानमा परेको छ ।

लिटिल गार्डेन एकेडेमी संस्थागत तर्फ सर्वोत्कृष्ट नतिजा ल्याउँदै जिल्ला प्रथम तथा साविकको धौलागिरी अञ्चल भित्रका विद्यालयमा प्रथम भएको थियो । संस्थागततर्फको नतिजामा सबैभन्दा कमजोर मालिका गाउँपालिका–६ दरबाङस्थित दरबाङ बोर्डिङ स्कुल रहेको छ ।

जिल्लाभर संस्थागत र सामुदायिक गरी ७४ विद्यालयको सहभागिता रहेकोमा दरबाङ बोर्डिङ ७० नम्बरमा रहेको छ । यसपटक संस्थागत विद्यालयको नतिजाबाट सञ्चालक र अभिभावक नै सन्तुष्ट छैनन् । इकाईका प्रमुख दल थापाले विद्यालयको औसत जिपिए, विद्यालयको सम्रग नतिजा, विद्यार्थीको सहभागिता लगायतका सूचकको आधारमा नतिजाको विश्लेषण गरिएको बताउनुभयो ।

‘कमजोर मानिएका केही विद्यालयको नतिजाले झस्काएको छ,‘प्रत्येक विद्यालयको एसईईको नतिजा अध्ययन गरी विद्यालयको स्तर निर्धारण गरिएको हो’ प्रमुख थापाले भन्नुभयो । इकाईले गरेको विश्लेषण अनुसार कुन विद्यालयको नतिजाको अवस्था कस्तो छ भन्ने पत्ता लगाउन सहज भएको प्रमुख थापाको भनाई छ । राष्ट्रिय सुचाङ्क प्रणालीको आधारमा ५ सूचकको आधारमा नतिजा मुल्याङ्कन गरिएको थियो ।

विद्यार्थीले प्राप्त गरेको GPA को आधारमा जिल्लाको नतिजा यस प्रकार रहेको छ ।

क्र संसिम्बोल नंवरअल्फाजन्ममितिप्राप्त GPAविद्यार्थीको नामथरविद्यालयको नामनतिजा
05102003W2061-12-123.95BABLU SHAHलिटिलगार्डेन एकेडेमी बेनी ८ बेनीजिल्लाप्रथम
05102021O2063-06-013.95UTSAV SAPKOTAलिटिलगार्डेन एकेडेमी बेनी ८ बेनीजिल्लाप्रथम
05101078H2062-03-103.90AMIT SUBEDIन्यू वेष्टप्वाइन्ट आवासीय मावि बेनी ८ बेनीजिल्ला द्वितीय
05101078H2062-03-103.90AMIT SUBEDIन्यू वेष्टप्वाइन्ट आवासीय मावि बेनी ८ बेनीजिल्लाद्वितीय
05100648T2062-08-183.85UNIQUE SUBEDIबेनीआवासीय मावि बेनी ७ बेनीजिल्लातृतीय
05102002V2062-08-093.85ASMI PARIYARलिटिलगार्डेन एकेडेमी बेनी ८ बेनीजिल्लातृतीय
05102004X2062-04-033.85BIBASH KARKIलिटिलगार्डेन एकेडेमी बेनी ८ बेनीजिल्लातृतीय

 

माध्यमिक शिक्षा परीक्षा २०७८ मा वढि विद्यार्थी सहभागीता गराउने आधारमा विद्यालयको क्रम यस प्रकार रहेको छ ।

क्रसंकोडविद्यालयकोनामठेगानासहभागी विद्यार्थी
५१०३७श्री न्यूवेष्ट प्वाइन्ट आ मा विबेनीनगरपालिका ८ कालिपुल१०४
५१०४१श्री बेनीसामुदायिक मा विबेनीनगरपालिका ७ बेनी९७
५१००१श्रीजनप्रिय मा विमालिकागाउँपालिका ६ दरबाङ९३
५१००२श्रीप्रकाश मा विबेनीनगरपालिका ७ बेनी९२
५१०२०श्रीराष्ट्रिय मा विमालिकागाउँपालिका ३ रुम६५

 

औसत GPA का आधारमा विद्यालयहरूको क्रम यस प्रकार रहेको छ ।

क्रसंकोडविद्यालयको नामठेगानाऔसत  GPA
५१०६९श्री लिटिलगार्डेन एकेडेमीबेनीनगरपालिका ८ बेनी३.४९
५१०१९श्री बेनीआवासीय मा विबेनीनगरपालिका ७ बेनी३.२४
५१०३७श्री न्यूवेष्ट प्वाइन्ट आ मा विबेनीनगरपालिका ८ कालिपुल३.१०
५१०४३श्रीगलेश्वर आदर्शआ मा विबेनीनगरपालिका ९ गलेश्वर३.०८
५१०३१श्रीलोकदीप आ मा विबेनीनगरपालिका ७ बेनी२.९९
५१०५२श्री डनिङआ मा विमंगलागाउँपालिका २ बावियाचौर२.८४
५१०६४श्री बुद्वएकेडेमीबेनीनगरपालिका २ बगरफाँट२.७८
५१०७५श्री जडभरत शालग्राम गण्डकी संस्कृत मा विबेनीनगरपालिका२.७६
५१०३०श्रीमाउण्ट एभरेष्ट आ मा विबेनीनगरपालिका ७ बेनी२.७२
१०५१००५श्री ज्ञानप्रकाश मा विअन्नपूर्णगाउँपालिका ३ दाना२.७०
११५१०४१श्री बेनीसामुदायिक मा विबेनीनगरपालिका ७ बेनी२.७०

जिल्लाको औसत GPA 2.31 हुँदा ४५ विद्यालयको GPA औसत भन्दा तल रहेको छ ।

सूचकका आधारमा विद्यालयको क्रम यस प्रकार रहेको छ ।

संस्थागत तर्फ

क्रसंकोडविद्यालयकोनामठेगानाविद्यार्थीसंख्या
(रजिष्ट्रेसन)
विद्यार्थीसंख्या
(आवेदन)
विद्यार्थी
संख्या
एसइइ (उपस्थित)
कुलप्राप्ताङ्क
५१०६९श्री लिटिलगार्डेन एकेडेमीबेनीनगरपालिका ८ बेनी२२२२२२५४.८२८.७३१०.००१०.००७.८६९१.४०
५१०१९श्री बेनीआवासीय मा विबेनीनगरपालिका ७ बेनी२२२२२२५१.००८.१०१०.००१०.००७.८६८६.९६
५१०४३श्रीगलेश्वर आदर्श मा विबेनीनगरपालिका ९ गलेश्वर५६.२५७.७०१०.००१०.००२.८६८६.८१
५१०३७श्री न्यूवेष्ट प्वाइन्ट आ मा विबेनीनगरपालिका ८ कालिपुल१०५१०५१०४४९.१५७.७५९.९०९.९०१०.००८६.७१

 

सामुदायिक तर्फ

५१०४१श्री बेनीसामुदायिक मा विबेनीनगरपालिका ७ बेनी९७९७९७४३.४२६.७५१०.००१०.००१०.००८०.१७
११५१००५श्री ज्ञानप्रकाश मा विअन्नपूर्णगाउँपालिका ३ दाना३४३०२९४३.२४६.७५८.५३९.६७१०.००७८.१९
१३५१००४श्रीमुक्तिमार्ग मा विअन्नपूर्णगाउँपालिका ६ घार२१२१२१४२.८६६.६३१०.००१०.००७.५०७६.९८
१४५१०६५श्रीसरस्वती मा विबेनीनगरपालिका ४ तातोपानी२०१९१९४३.२६६.७५९.५०१०.००६.७९७६.३०
१५५१०४०श्रीजनकल्याण मा विबेनीनगरपालिका ५ पुलाचौर३५३५३४४०.२४६.२८९.७१९.७११०.००७५.९४

 

शैक्षिक सत्र २०७४, २०७५ र २०७८ को नतिजा विश्लेषण गर्दा उच्च GPA प्राप्त गर्ने विद्यार्थीहरूको संख्या क्रमश घट्दै गएको देखिन्छ । 3.6 देखि 4 GPA प्राप्त गर्ने विद्यार्थीहरूको संख्या क्रमश २०७४, २०७५ र २०७८ मा ४८, ३४ र २४ रहेको छ । न्यून GPA प्राप्त गर्ने विद्यार्थीहरूको संख्या क्रमश बढ्दो रहेको छ ।

 

 

 

 

Leave a Reply