शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा विश्लेषण गरिएको छ । जिल्लाकाभरमा निजी विद्यालयको स्तर निर्धारण गरी सार्वजनिक गरिएको हो ।

इकाईका अनुसार औषत जिपिएको आधारमा लिटिल गार्डेन एकेडेमी पहिलो भएको छ । लिटिल गार्डेनले ३.४९ ल्याएर प्रथम भएको छ भने बेनी आवासीय माविले ३.२४ दोस्रो भएको छ । न्यू वेष्ट प्वाइन्ट आवासीय माविले ३.१० तेस्रो भएको भने गलेश्वर आर्दश आवासीय माविले ३.०८ र लोकदिप आवासीय माविले २.९९ ल्याएर औषत जिपिएमा पाँचौ स्थानमा परेको छ ।

लिटिल गार्डेन एकेडेमी संस्थागत तर्फ सर्वोत्कृष्ट नतिजा ल्याउँदै जिल्ला प्रथम तथा साविकको धौलागिरी अञ्चल भित्रका विद्यालयमा प्रथम भएको थियो । संस्थागततर्फको नतिजामा सबैभन्दा कमजोर मालिका गाउँपालिका–६ दरबाङस्थित दरबाङ बोर्डिङ स्कुल रहेको छ ।

जिल्लाभर संस्थागत र सामुदायिक गरी ७४ विद्यालयको सहभागिता रहेकोमा दरबाङ बोर्डिङ ७० नम्बरमा रहेको छ । यसपटक संस्थागत विद्यालयको नतिजाबाट सञ्चालक र अभिभावक नै सन्तुष्ट छैनन् । इकाईका प्रमुख दल थापाले विद्यालयको औसत जिपिए, विद्यालयको सम्रग नतिजा, विद्यार्थीको सहभागिता लगायतका सूचकको आधारमा नतिजाको विश्लेषण गरिएको बताउनुभयो ।

‘कमजोर मानिएका केही विद्यालयको नतिजाले झस्काएको छ,‘प्रत्येक विद्यालयको एसईईको नतिजा अध्ययन गरी विद्यालयको स्तर निर्धारण गरिएको हो’ प्रमुख थापाले भन्नुभयो । इकाईले गरेको विश्लेषण अनुसार कुन विद्यालयको नतिजाको अवस्था कस्तो छ भन्ने पत्ता लगाउन सहज भएको प्रमुख थापाको भनाई छ । राष्ट्रिय सुचाङ्क प्रणालीको आधारमा ५ सूचकको आधारमा नतिजा मुल्याङ्कन गरिएको थियो ।

विद्यार्थीले प्राप्त गरेको GPA को आधारमा जिल्लाको नतिजा यस प्रकार रहेको छ ।

क्र सं सिम्बोल नंवर अल्फा जन्ममिति प्राप्त GPA विद्यार्थीको नामथर विद्यालयको नाम नतिजा
05102003 W 2061-12-12 3.95 BABLU SHAH लिटिलगार्डेन एकेडेमी बेनी ८ बेनी जिल्लाप्रथम
05102021 O 2063-06-01 3.95 UTSAV SAPKOTA लिटिलगार्डेन एकेडेमी बेनी ८ बेनी जिल्लाप्रथम
05101078 H 2062-03-10 3.90 AMIT SUBEDI न्यू वेष्टप्वाइन्ट आवासीय मावि बेनी ८ बेनी जिल्ला द्वितीय
05101078 H 2062-03-10 3.90 AMIT SUBEDI न्यू वेष्टप्वाइन्ट आवासीय मावि बेनी ८ बेनी जिल्लाद्वितीय
05100648 T 2062-08-18 3.85 UNIQUE SUBEDI बेनीआवासीय मावि बेनी ७ बेनी जिल्लातृतीय
05102002 V 2062-08-09 3.85 ASMI PARIYAR लिटिलगार्डेन एकेडेमी बेनी ८ बेनी जिल्लातृतीय
05102004 X 2062-04-03 3.85 BIBASH KARKI लिटिलगार्डेन एकेडेमी बेनी ८ बेनी जिल्लातृतीय

 

माध्यमिक शिक्षा परीक्षा २०७८ मा वढि विद्यार्थी सहभागीता गराउने आधारमा विद्यालयको क्रम यस प्रकार रहेको छ ।

क्रसं कोड विद्यालयकोनाम ठेगाना सहभागी विद्यार्थी
५१०३७ श्री न्यूवेष्ट प्वाइन्ट आ मा वि बेनीनगरपालिका ८ कालिपुल १०४
५१०४१ श्री बेनीसामुदायिक मा वि बेनीनगरपालिका ७ बेनी ९७
५१००१ श्रीजनप्रिय मा वि मालिकागाउँपालिका ६ दरबाङ ९३
५१००२ श्रीप्रकाश मा वि बेनीनगरपालिका ७ बेनी ९२
५१०२० श्रीराष्ट्रिय मा वि मालिकागाउँपालिका ३ रुम ६५

 

औसत GPA का आधारमा विद्यालयहरूको क्रम यस प्रकार रहेको छ ।

क्रसं कोड विद्यालयको नाम ठेगाना औसत  GPA
५१०६९ श्री लिटिलगार्डेन एकेडेमी बेनीनगरपालिका ८ बेनी ३.४९
५१०१९ श्री बेनीआवासीय मा वि बेनीनगरपालिका ७ बेनी ३.२४
५१०३७ श्री न्यूवेष्ट प्वाइन्ट आ मा वि बेनीनगरपालिका ८ कालिपुल ३.१०
५१०४३ श्रीगलेश्वर आदर्शआ मा वि बेनीनगरपालिका ९ गलेश्वर ३.०८
५१०३१ श्रीलोकदीप आ मा वि बेनीनगरपालिका ७ बेनी २.९९
५१०५२ श्री डनिङआ मा वि मंगलागाउँपालिका २ बावियाचौर २.८४
५१०६४ श्री बुद्वएकेडेमी बेनीनगरपालिका २ बगरफाँट २.७८
५१०७५ श्री जडभरत शालग्राम गण्डकी संस्कृत मा वि बेनीनगरपालिका २.७६
५१०३० श्रीमाउण्ट एभरेष्ट आ मा वि बेनीनगरपालिका ७ बेनी २.७२
१० ५१००५ श्री ज्ञानप्रकाश मा वि अन्नपूर्णगाउँपालिका ३ दाना २.७०
११ ५१०४१ श्री बेनीसामुदायिक मा वि बेनीनगरपालिका ७ बेनी २.७०

जिल्लाको औसत GPA 2.31 हुँदा ४५ विद्यालयको GPA औसत भन्दा तल रहेको छ ।

सूचकका आधारमा विद्यालयको क्रम यस प्रकार रहेको छ ।

संस्थागत तर्फ

क्रसं कोड विद्यालयकोनाम ठेगाना विद्यार्थीसंख्या
(रजिष्ट्रेसन)
विद्यार्थीसंख्या
(आवेदन)
विद्यार्थी
संख्या
एसइइ (उपस्थित)
कुलप्राप्ताङ्क
५१०६९ श्री लिटिलगार्डेन एकेडेमी बेनीनगरपालिका ८ बेनी २२ २२ २२ ५४.८२ ८.७३ १०.०० १०.०० ७.८६ ९१.४०
५१०१९ श्री बेनीआवासीय मा वि बेनीनगरपालिका ७ बेनी २२ २२ २२ ५१.०० ८.१० १०.०० १०.०० ७.८६ ८६.९६
५१०४३ श्रीगलेश्वर आदर्श मा वि बेनीनगरपालिका ९ गलेश्वर ५६.२५ ७.७० १०.०० १०.०० २.८६ ८६.८१
५१०३७ श्री न्यूवेष्ट प्वाइन्ट आ मा वि बेनीनगरपालिका ८ कालिपुल १०५ १०५ १०४ ४९.१५ ७.७५ ९.९० ९.९० १०.०० ८६.७१

 

सामुदायिक तर्फ

५१०४१ श्री बेनीसामुदायिक मा वि बेनीनगरपालिका ७ बेनी ९७ ९७ ९७ ४३.४२ ६.७५ १०.०० १०.०० १०.०० ८०.१७
११ ५१००५ श्री ज्ञानप्रकाश मा वि अन्नपूर्णगाउँपालिका ३ दाना ३४ ३० २९ ४३.२४ ६.७५ ८.५३ ९.६७ १०.०० ७८.१९
१३ ५१००४ श्रीमुक्तिमार्ग मा वि अन्नपूर्णगाउँपालिका ६ घार २१ २१ २१ ४२.८६ ६.६३ १०.०० १०.०० ७.५० ७६.९८
१४ ५१०६५ श्रीसरस्वती मा वि बेनीनगरपालिका ४ तातोपानी २० १९ १९ ४३.२६ ६.७५ ९.५० १०.०० ६.७९ ७६.३०
१५ ५१०४० श्रीजनकल्याण मा वि बेनीनगरपालिका ५ पुलाचौर ३५ ३५ ३४ ४०.२४ ६.२८ ९.७१ ९.७१ १०.०० ७५.९४

 

शैक्षिक सत्र २०७४, २०७५ र २०७८ को नतिजा विश्लेषण गर्दा उच्च GPA प्राप्त गर्ने विद्यार्थीहरूको संख्या क्रमश घट्दै गएको देखिन्छ । 3.6 देखि 4 GPA प्राप्त गर्ने विद्यार्थीहरूको संख्या क्रमश २०७४, २०७५ र २०७८ मा ४८, ३४ र २४ रहेको छ । न्यून GPA प्राप्त गर्ने विद्यार्थीहरूको संख्या क्रमश बढ्दो रहेको छ ।

 

 

 

 

Leave a Reply