उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४,नारच्याङमा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको करिब दुई महिनादेखि उत्पादन बन्द भएको छ । आयोजनाको पेनस्टक पाईपमा माथिबाट खसेको ढुंगाले क्षती पुर्याएपछि उत्पादन बन्द भएको हो ।

पाईपबाट पानी लिंक भएपछि विगत दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द भएको आयोजनाका कर्मचारीको भनाई छ । गएको असार ७ गते राति खसेको ढुंगाले क्षती पुगेपनि आयोजना पक्षले मर्मतमा ढिलाई गरेपछि अझै उत्पादन हुन सकेको छैन् ।

पेनस्टक पाईपमा पुगेको क्षतीको आयोजनाका अध्यक्ष किशोर सुबेदी सहितको प्राविधिक पक्षले स्थलगत अनुगमनपछि क्षतीको लगत गरी पेनस्टक पाईप सहितका आवश्यक उपकरण समेत आयोजनास्थलमा पुर्याइएपनि हालसम्म मर्मत भएको छैन् ।

घलेम्दीको उत्पादन दानामा रहेको सबस्टेशनबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिन्छ । घलेम्दी आयोजनाको आसपासका क्षेत्रमा पहिलो र बाढीको जोखिमलाई मध्यनजर गरी आवश्यक सर्तकता अपनाइएको आयोजनाले जनाएको छ ।

उक्त क्षेत्रमा अत्याधिक बर्षा हुने क्षेत्र भएकाले पनि बार्खाको समयमा आयोजना आसपासका क्षेत्रमा समस्या हुने गरेको जनाइएको छ । आयोजनाबाट क्षमताभन्दा कम उत्पादन भइरहेको छ । घलेम्दीको उत्पादनप्राधिकरणले वार्षिक साढे १३ करोड रुपियाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने सम्झौता छ ।

 

 

Leave a Reply