नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको विभिन्न जनसङ्गठनले महंगी र भ्रष्टाचारबिरुद्ध बिरोध प्रदर्शन गरेको छ । पार्टीका १६ जनबर्गिय संगठनको संयुक्त आयोजनामा बेनीबजारमा विरोध प्रर्दशन गरी प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

जनबर्गिय संगठनको संयुक्त आन्दोलनको संयोजक एवम् नेकपा एमाले म्याग्दीकी सहसचिव थमसरा पुनले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको भन्दै राजिनामा समेत माग्दै ज्ञापनपत्र पठाइएको हो । वर्तमान गठबन्धनको सरकारा महंगी र भष्टाचारमा चुर्लुम्म डुबेको भन्दै बिरोध स्वरुप आन्दोलनको सुरुवात गरिएको संयोजक पुनले बताउनुभयो ।

प्रदर्शनकारीहरुले परमादेशी सरकार मुर्दावाद, परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, नागरिकता विधेयक फिर्ता गर,भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर्, गठबन्धन सरकार राजिनामा लगायतका नारा लगाएका थिए । बिरेन्द्रचोकमा आयोजित विरोधसभामा नेकपा एमाले म्याग्दीका अध्यक्ष देबेन्द्रबहादुर केसी, यूवा संघका केन्द्रिय उपाध्यक्ष सन्तोष रावलका नेताहरुले सम्बोधन गर्नुभएको छ ।

Leave a Reply