ईस्लामिक धर्मलम्वीमध्यको एउटा ठुलो समुह सिया बर्गहरुको चाड ‘मुहरर्म’मा बहराइनमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी मोना बहराइनले जितेको छ । बहराइनमा रहेका नेपाली संघसंस्थाको कुल १३ टिम सहभागि रहेको प्रतियोगितामा आयोजक आस्कार समूहलाई सोझो सेटमा पराजित गरेको मोना बहराईनका अध्यक्ष लोक राम्जालीले बताउनुभयो ।

अर्जुन बराईलीको कप्तानीमा सहभागी भएको मोना बहराईनका चक्र विष्ट उत्कृष्ट स्पाईकर र उत्कृष्ट खेलाडी मनोज मल्ल ठकुरी घोषित भएका छन् । बहराईनमा रहेका नेपाली बिचको एकता र सहकार्यका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ। मोना बहराईनले खेलकुद, सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको छ ।

Leave a Reply