????????????????????????????????????

बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्लाकार्यसमितिम्याग्दीको कार्यालय शुभारम्भ गरिएको छ ।

विहिबार बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको बेनीनगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । मेयर केसीले हरेक पेशामा सुधारको आवश्यक्ता रहेको भन्दै कतिपय लेख परिक्षकमा रहेको समस्यालाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । सबै आफ्नो पेशा प्रति जवाफदेही हुदै कामको नैतिक दायित्व लिनुपर्नेमा मेयर केसीको भनाई थियो ।

त्यस्तै दक्ष जनशक्तिको अभावका कारण लेखा परीक्षण ब्यवसायमा समस्या आएको अवस्थामा म्याग्दीमा छाता संगठन मार्फत काम गरिएको अध्यक्ष नारायण प्रसाद सुवेदीले बताउनुभयो । लेखापरीक्षकबाट हुने गल्ती कमजोरीका कारण धेरै करदाता ब्यवसायी समस्यामा पर्ने गरेको भन्दै पेशागत संगठनमा आवद्ध भएकाहरुबाट काम गर्न समेत अनुरोध गर्नुभयो ।

संगठनलाई संस्थागत गर्न कार्यालय स्थापना गरिएको कार्यालयबाट कम्पनीदर्ता ,कम्पनी अध्यावधिक ,पान÷भ्याट दर्ता ,मासिक भ्याट रिटर्न ,कम्पनीको सेयर लगत ,कर परामर्श ,कर चुक्ता प्रमाणपत्र ,सेयर खरिद विक्रिलगायत सबै लेखा परिक्षणको सेवाहरु उपलब्ध संस्थाका सदस्य सरोज सापकोटाले जानकारी दिनुभयो ।

संगठनमा ६ व्यवसायीहरु आवद्ध छन् ।कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य ,आन्तरिक राजस्वकार्यालय बागलुङका कर अधिकृत शालिग्राम आचार्य ,डिभिजन वन अधिृकत मनोज रानाभाट ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply