म्याग्दीको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका-६,चित्रेमा विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा रहेका गाँजाको बोट फँडानी गरिएको छ । समुदाय–प्रहरी साझेदारी’कार्यक्रम अन्तर्गत ई.प्र.का.घोडेपानी र पर्यटक प्रहरी कार्यालय घोडेपानी म्याग्दीले चित्रे टोल सुधार समितिसंग समन्वय गरी १ रोपनि क्षेत्रफल जग्गामा रहेका १५० वटा गाँजाका बोटबिरुवाहरु फडाँनि तथा नष्ट गरेको हो ।

प्र.ह.बम बहादुर थापाले घोडेपानी तथा आसपासका क्षेत्रमा घुम्न आउने पर्यटक, स्थानीय यूवा तथा बाहिरबाट आउनेबाट गाँजाको प्रयोग हुन सक्ने भन्दै समुदायको पहलका खोजीखोजी नष्ट गरिएको बताउनुभयो। संकलित गाँजाका बोट स्थानीय जनप्रतिनिधि र नागरिकको रोहवरमा नष्ट गरेको थियो ।

समाजलाई विकृतिबाट रोक्न जिल्लाको अन्य ठाउँमा भएको गाँजा खेती नष्ट गर्न प्रहरी टोली परिचालन गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।  ‘यस कार्यमा सबैको साथ र सहयोगको अपेक्षा रहेको छ,‘गाँजाको बोट समुदायले आफै नष्ट गर्न सक्नुहुन्छ’ प्रनाउ भारतीले भन्नुभयो । प्राकृतिक रूपमा रहेका गाँजा प्रयोग नहोस् भनेर जिल्लाका सबै स्थानीय तहमा यो अभियान सञ्चालन गरिएको छ । म्याग्दीमा ब्यवसायीक खेतीभन्दा प्राकृतिक रुपमा उम्रिएको धेरै रहेको छ ।

Leave a Reply