नवौं राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने भलिबल खेलाडीका लागि म्याग्दीमा भदौ ४-७ गते  र प्रदेश छ्नौट १२ देखी १६ गते पुरुष तथा महिला छनौट खेल हुने भएको छ ।नबौ खेलकुदको तयारीका लागी जिल्ला छनौट समिति गठन गरेको छ । संयोजक खडक केसी सदस्य कुमार किसान, राजकुमार भण्डारी ,गंगा तिलिजा ,मनोज खडका चयन गरिएको छ ।

संघका अध्यक्ष तेजेन्द्र बानियाँको अध्यक्षतामा बसेको बैठकले भलिबल संघमा आवद्ध आधिकारिक रेफ्रीलाई भदौ ३ गतेसम्म संघमा दर्ता नविकरण गर्ने जनाएको छ । खेलाडी छनौटका लागि उपसंमितिको संयोजकमा अशोक शाही, सदस्यहरु रम बहादुर गुरुङ, अरुण तिलिजा, सुमन केसी, सनमान जुग्जाली र चित्र घर्ती छन् ।जिल्ला भलिबल संघ म्याग्दीको बैठकले राष्ट्रिय तथा प्रदेशस्तरीय छनौटको प्रक्रियामा सहभागी हुने खेलाडीलाई आवश्यक प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ

आगामी भदौ १ गतेदेखि जिल्लाभित्र सञ्चालन हुने भलिबल खेलमा संघलाई अनिवार्य जानकारी गराउन, अफिसिलय रेफ्रीको समेत ब्यवस्था गर्न र संघको संस्थागत गतिविधिमा समेत बजेट विनियोजन गरी साथ दिन, भलिबल खेलका लागि आवश्यक खेलमैदानको अभाव भएकाले अस्थायी रुपमा खेलमैदानको ब्यवस्थापन गर्ने निर्णय समेत गरेको संघका सचिव कुमार किसानले जानकारी दिनुभयो ।

संघको बैठकले कार्यालय स्थापना सहित विभिन्न ६ निर्णय गरेको छ । जिल्लामा भलिबल संघको स्थापना भएपनि संस्थागत रुपमा सञ्चालन हुन नसकेको अवस्थामा नवनिर्वाचित कार्यसमितिले आफ्नै कार्यालय सहितको गतिविधि सञ्चालन गरिरहेको छ भने जिल्लाका सबै स्थानीय तहमा समेत कार्यसमिति गठन गरेको छ ।

Leave a Reply