ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बेनीले राष्ट्र सेवक कर्मचारी र अनाथ बालबालिकासँग रक्षा बन्धन मनाएको छ । हिन्दु धर्मावलम्बीहरूको रक्षा बन्धन अर्थात् जनपूर्णिमाको अवसरमा केन्द्रकी दिदी प्रतिभा र महिमा दिदीले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारती अन्य अधिकारी र जवानहरुको नाडीमा राखी बाँधेर रक्षा बन्धन मनाएको हो ।

जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीसहित कर्मचारीहरू पर्व मनाउन घर जान नपाउने अवस्थामा उनीहरूको दिदीबहिनी भएर राखी बाँधेर नाता जोडेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले जनाएको छ ।

उक्त अवसरमा समाजलाई महिला हिंसाबाट मुक्त गरी सभ्य समाजको निर्माण गर्न रक्षा बन्धनको महत्वपूर्ण भूमिका रहेको बताइएको थियो । यसैबीच केन्द्रले जिल्ला बाल संगठन अन्तरगत सञ्चालित बालगृहमा रहेका बालबालिकालाई समेत रक्षा बन्धन लगाइदिएको छ ।

Leave a Reply