म्याग्दीको सदरमुकाम बेनीबजारमा तयामचा नागानगिनी नाच देखाइएको छ । नेपाल भाषा मंकाः खलको आयोजनामा बर्षभरीमा स्वर्गारोहण भएका व्यक्तिहरुको सम्झना गर्दै लक्ष्मीनारायण मन्दिरबाट निकालिएको थियो । पितृको सम्झना र सम्मानस्वरुप बाजाको धुनसँगै जनैपूर्णिमाको दिन बजारमा र गाईजात्राको दिनमा मन्दिरबाट घरघरमा पु–याउने गरिएको नेपाल भाषा मंकाः खलले जनाएको छ ।

वर्षका दुई दिन जनैपूर्णिमा र गाईजात्रामा नागानगिनी नाच देखाइन्छ। यूवापुस्तादेखि पुराना कलाकारहरुको समेत उपस्थितीमा देखाइने नागानागिनी नाचलाई बर्खे नाचको सबैभन्दा महत्पपूर्ण मानिन्छ। शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्तीको कामनासँगै दिवङ्गत आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना समेत गरिन्छ ।

नागानागिनी नाचको अवसरमा बजारभित्र बर्षभरी स्वर्गीय भएका नेवार सहित अन्य जातजातिको घरअगाडी समेत रोकिएर सम्झना गर्ने गरिएकाले पितृको उद्धारका लागि यो दिनलाई बेनीबजारबासीले विषेश महत्व दिन्छन् । बाद्यबादक र दर्शकहरू बाजाको तालमा ‘राजमति कुमती’ गीत गाउँछन्। यसमा बाद्यबादक ४ जना, नाच्नेहरू दुई जना हुन्छन भने उनीहरुसँगै सहभागीको संख्या समेत धेरै हुन्छ । बेनीबजारमा बर्खेनाच अन्तरगत घन्टाकर्ण चर्तुदशीदेखि सुरु गरेर हिन्दु महिनाको पर्व तीजमा पुगेर बर्खे नाच सकिन्छ ,।

 

 

Leave a Reply