म्याग्दीको सदरमुकाम बेनी र पर्वत बेनी जोड्ने पक्की पुल आसपासका क्षेत्रमा शनिबार सरसफाई तथा मर्मत गरिएको छ । अत्याधिक सवारी चाप हुने पक्की पुलमा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–३,स्थित पर्वत बेनीमा गठिन विक्कु फेमिली नामक समुहमा आवद्ध यूवाहरुले सरसफाई गरेको समुहका सचिव प्रकाश मगरले बताउनुभयो ।

समुहले पर्वत बेनी तथा आसपासका क्षेत्रमा विभिन्न सामाजिक कार्यसँगै खेलकुद, सांस्कृतिक गतिविधि समेत गर्ने क्लवका सल्लाहकार विकास श्रेष्ठले जानकारी दिनुभयो ।

 

Leave a Reply