म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ काफलडाँडा सिबीरीकी कुसुम पाईजा बेपत्ता भएकी छन् । बेनीको क्याम्पसचोकबाट साउन २७ गते राती ८ बजेदेखि सम्र्पकविहिन भएको कुसुमका दाई तिजन पाईजाले बताए । उनले कोठाबाट निस्किएपछि सम्र्पकमा नआएपछि खोजीकार्य सुरु भएको बताए ।

‘सबैतिर खोजी भइरहेको छ,‘ अहिलेसम्म अवस्था थाहा हुन सकेको छैन’ तिजनले भने । कक्षाका साथीहरुआफन्त र परिवारजनले खोजतलास गरेपनि पत्ता लाग्न नसकेको उनले बताए । बेपत्ता भएकी कुसुम बेनी सामुदायिक माविमा कक्षा १० मा अध्ययनरत छिन् । बेपत्ता भएकी कुसुमलाई फेला पर्न नसकेपछि परिवारले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् ।

देख्नु हुने सम्पूर्ण महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा तल दिइएको फोन नम्बरमा सम्पर्क गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौं।

दिदी उमा पाईजा पुन = 974-8402550
दाई तिजन पाईजा = 9867690232 / 9806661854
मामा डम् बहादुर पुर्जा पुन= 984-7651559

कानमा झुम्का लगाएको
दायाँ हातमा चाँदी र तामाको बाला लगाको
बाँया हातमा कालो घडी लगाएको
कपडा फोटोमा भएको

 

 

Leave a Reply