म्याग्दीको मालिका गाउँपालिका-४,छिपछिपेमा पहिरोले पाँच घर विस्थापित भएका छन् । महभीरमा ३ घर पूर्ण विस्थापित पहिरोको त्रासले १० घरपरिवारले समेत घर छोडेका छन् । पहिरोले छिपछिपेमा केश बहादुर गोतामे, नरबिर गोतामे, तुलराम गोतामे ,तिर्ख बहादुर गोतामे र रमेश गोतामेका परिवार विस्थापित भएका हुन् ।भने सल्लेनका टेकबहादुर श्रीपाली परिवार पनि विस्थापित भएका छन् ।

गएको साउन १६ र १७ गते अविरल बर्षात संगै बस्ती माथिबाट आएको पहिरोले वडा नम्बर४का छिपछिपे र सल्लेनमा गरी ६ घर विस्थापित भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनले बताउनुभयो । पहिरोस्थलमा गाउँपालिका अध्यक्ष बेग गर्बुजाको नेतृत्वमा अनुगमन सहित थप योजना बनाइएको जनाइएको छ ।

पहिरोले ओखरबोटमा समेत क्षती पुगेको छ । छिपछिपेमा बस्ती माथिबाट आएको पहिरोले केशबहादुरको घर चर्किएको छ भने अन्य उच्च जोखिमा रहेका छन् । ओखरबोट गाउँ चारैतीरबाट जोखिममा परेको गाँउपालिका अध्यक्ष गर्बुजाले बताउनुभयो । ओरखबोटको सल्लेनका पहिरो पीडितलाई सामुदायीक दलित भवनमा सारिएको छ ।

यसैगरी खोलामा आएको बाढीले नहरमा क्षती पु¥याएपछि ३० किलोवाट क्षमताको दाजुङ खोला लघुजलविद्युत आयोजनाको उत्पादन समेत बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्द बहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुुसार ,मर्मत पछि छिट्टै विद्युत सेवा सुचारु हुनेछ । विद्युत आपुर्ति थप्प हुँदा करिब चार सय घरधुरी प्रभावित भएका छन् ।

Leave a Reply