---Advertisement---

२० महिने छोरी छोडेर २४ दिनदेखि बेपत्ता

On: August 15, 2022 10:42 AM
Follow Us:

२० महिनाको छोरीलाई घरमा छोडेर पर्वतको जलजला गाउँपालिका-५, लेखफाँटकी एक महिला २२ दिनदेखि सम्पर्कविहीन भएकी छन् । गएको साउन ६ गतेदेखि काखकी छोरी र श्रीमानलाई घरमा छोडेर सम्पर्कविहिन भएकी २० बर्षिया सुजता जिसीको अवस्था अज्ञात छ ।

पीडित परिवारले खोजी गरेको २४ दिन भइसक्दा पनि अवस्था अत्तोपत्तो छैन्।‘सबैतिर खोजी गरिएको छ,‘अहिलेसम्म सम्पर्क नै हुन सकेको छैन’ बेपत्ता महिलाकी श्रीमान मदन जिसीले भने। उनले घरमा कुनै झगडा नभएको अवस्थामा बेपत्ता हुदाँ परिवार नै अचम्ममा परेको छ ।

बेपत्ता भएकी सुजना इच्छा अनुसार सम्पर्कविहिन भएको वा अन्य केही भएको भन्नेबारे परिवारमा समेत अन्योल छ । बेपत्ता जिसीका बेपत्ता भएको बारेमा थप बुझीदिन र खोजी गरिदिन प्रहरी सहित सबैमा आग्रह समेत गरेको छ । परिवारका सदस्य बेपत्ता भएपछि जिसी परिवारमा चिन्ता छाएको छ ।

नाम सुजाता जिसी
उमेर : २० वर्ष
उचाई : अन्दाजी ५ फिट
स्थाई ठेगाना : जलजला ५ लेखफाट पर्वत
पतिको नाम मदन जिसी ९७४८४०९९३१