एभरग्रिन यूथ क्लवको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा बुधबारदेखि ५ औं स्वर्गीय इच्छा भण्डारीको स्मृतिमा सेभेन ए साडड फुटबल प्रतियोगिता आयोजना गरिएको छ। रोजगारको सिलसिलामा अस्टे«लियामा मृत्यु भएका क्लवका सदस्य एवम् फुटबल खेलाडी भण्डारीको स्मृतिमा हुने प्रतियोगितामा २७ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ।

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको क्लवका सल्लाहकार बिजय घर्तीमगरले बताए । खेलकुद सहित विभिन्न सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको क्लवले प्रतियोगितामा प्रथम हुने टिमलाइ ८५ हजार ५५५, दोस्रो हुनेलाई ४५ हजार ५५५ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा अनुशासित टिम १० हजार, उत्कृष्ट खेलाडी, मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचलाई ३ हजार नगदले सम्मान गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता भदौ १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने छ ।

 

Leave a Reply