नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले बेनी सेवा केन्द्रले ३५ औ स्थापना दिवस मनाएको छ । सदस्य संघ संस्थाहरुलाई प्रवाह गर्ने सेवाको पहुँच विस्तार गर्ने उदेश्यले स्थापना भएको सेवा केन्द्रले जिल्लाभित्रका सहकारीलाई रचनात्मक सहयोगले थप उत्साह थपिएको बताइएको थियो ।

नेफ्स्कून फिल्ड कार्यालय पोखरा उपसमितिका सदस्य रामजी प्रसाद सुबेदीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सहकारी सस्थाहरुको जागरण,प्राबधान,विकास,सबलीकरण,ब्यबसायिकरण,स्थिरिकरण एबम् एकीकृत सकोस संजाल निर्माण मार्फत सदस्यहरुको,आर्थिक,सामाजिक,सस्कृति रुपान्तरणकप लागि सक्रिय संघमा आवद्ध हुन अनुरोध गर्नुभयो ।

म्याग्दीमा रहेका सबै सहकारी नेफ्स्कूनमा आवद्ध भएर सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । स्थापना दिवसको अवसरमा बेनी स्थित को–अपरेटिभ म्यानेजर्स क्लबका पदाधिकारी,बिभिन्न साकोसका ब्यबस्थापकहरुको करिब २५ जनाको सहभागिता रहेको शाखा प्रमुख दिनेश थापाले बताउनुभयो ।

Leave a Reply