अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कांग्रेस म्याग्दीको पालिकास्तरीय प्रशिक्षण सुरु

On: August 17, 2022 5:27 PM
Follow Us:
---Advertisement---

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि लक्षित नेपाली कांग्रेसको अभियान सुरु भएको छ । जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकता भेला, संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारी सहित रणनीति निर्माण लगायतमा केन्द्रित रहेर अभियानलाई तिब्रता दिइएको छ ।अभियान अन्तरगत बुधबार रघुगंगा गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला भएको छ ।

भेलालाई सम्बोधन गदैं जिल्ला सभापति खमबहादुर गर्बुजा, पूर्व सभापति रेशमबहादुर बानियाँले आगामी निर्वाचनमा पालिकास्तरीय, वडास्तरीय र गाउँटोलस्तरीय चुनावी अभियानको तयारीमा जुट्न निर्देशन दिनुभएको छ।

सोही भेलामा उपसभापति हरिकुमार श्रेष्ठ, केबी भण्डारी लगायतका नेताहरुले समेत सम्बोधन गरेका थिए । जिल्लाका सबै पालिकास्तरीय भेलापछि थप योजना बनाएर वडा, बस्ती र टोलस्तरसम्म जाने कांग्रेसले जनाएको छ । २०७९ साल मंसिर ४ गते आईतबारका दिन एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुनै छ ।