अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गरिमा विकास बैंक लिमिटेडले युरोगार्ड सहयोग

On: August 17, 2022 6:11 PM
Follow Us:

गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको छ । दरवाङमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठले मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखलाई एक÷एक थान युरोगार्ड हस्तान्तरण गर्नुभयो ।

दरवाङ शाखाका प्रमुख सुरज बरालको सञ्चालन र बेनी शाखाका प्रमुख कमल प्रसाद सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा जिसस सदस्य गौमति चापागाई, मालिका–६ ,का वडा अध्यक्ष पथबहादुर रोका, पुर्व वडा अध्यक्ष सन्तोष सुवेदी लगायतको उपस्थिति थियो ।म्याग्दीको बेनी, पोखरेबगर, बाबियाचौर, दरवाङ लगायत देशभर १२० वटा शाखा भएको गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँपालिका र स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको हो ।