आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले जगतप्रसाद गौचनलाई उम्मेदवार बनाएको छ । राप्रपा म्याग्दीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नाम छनौट गरी गण्डकी प्रदेश समितिलाई सिफारिस गरेको जनाएको छ । बैठकबाट प्रदेश ९क० मा रामबहादुर शाही र प्रदेश ९ख ०मा होमबहादुर थापालाई सिफारिस गरिएको जिल्ला अध्यक्ष बिरबहादुर थापाले बताउनुभयो ।

‘उम्मेदवारको सूची तलमाथि हुदैन्,‘हामीले निर्वाचन लक्षित अभियान सुरु गरिसकेका छौ’ अध्यक्ष थापाले भन्नुभयो । प्रदेश ९क० अन्तरगत बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका पर्छ भने प्रदेश ९ख ० मा मंगला, मालिका र धवलागिरी गाउँपालिका पर्छ । राप्रपाले यसपटक पनि चुनावी कमाण्डरको रुपमा पूर्व सहायक राज्यमन्त्री भिमप्रसाद गौचनलाई नै अगाडी सार्ने निश्चित छ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार गौचन रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानी स्थायी हाल काठमाण्डौमा बस्नुहुन्छ । २०४६ साल पछि राजनीतिमा सक्रिय भएका गौचन मार्सल आटका खेलाडी समेत हुनुहुन्छ । गौचनले राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका खेलहरुमा समेत सहभागितासँगै धेरै खेलाडी समेत उत्पादन गर्नुभएको छ ।

राप्रपाभित्रका लोकप्रिय नेताको रुपमा स्थापित भएपनि जिल्लाको राजनीतिमा भने जम्न सक्नुभएको छैन् । बि.स २०५६ सालको संसदीय निर्वाचनमा समेत उम्मेदवार बनेका गौचन पुर्वराजाको सक्रिय शासनमा सहायक राज्यमन्त्री समेत बन्नुभएको थियो । राजपरिवारको निकट मानिने गौचनले जिल्लामा पार्टीलाईै पुरानै अवस्थामा फर्काउन सक्रिय हुने घोषणा गर्नुभएको छ ।

Leave a Reply