हिन्दू महिलाहरुको महान पर्व तिजको अवसरमा मौलिक तीज गितको जर्गेना गर्न  महिला उद्यम विकास समिति म्याग्दीले खुल्ला मौलिक तिज गित प्रतियोगिताको आयोजना गरेको छ । हरितालिका तीजको अवसरमा भदौ १३ गते तिज गित प्रतियोगिता तथा दर खाने कार्यक्रमको आयोजना गरिएको सभापति लक्ष्मी भण्डारीले बताउनुभयो ।

‘गितको मौलिकपन हराउँदै गएको छ,‘नयाँ पुस्तालाई पूरानो कला र संस्कृतिका बारेमा सचेत बनाउन प्रतियोगिताको आयोजना गरेका छौ’ सभापति भण्डारीले भन्नुभयो । तिजका अवसरमा सृजना गरिने गित भड्किलो बन्दै गएको अवस्थामा तीज गीतमा मौलिकता खोज्नेहरूलाई प्रतियोगिता उपयुक्त स्थान भएको समेत आयोजकले जनाएको छ । प्रतियोगितामा तिजको मौलिकतालाई झल्काउने अन्य कार्यक्रमहरु समेत रहेको जनाइएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमश १५ हजार, ८ हजार, ५ हजार र २ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । सहरी क्षेत्रमा एक महिनादेखि पार्टी प्यालेसमा तिजको दर खाने र खुवाउनेको भिडभाडको विकृतिलाई निरुत्साहित गदैं कम खर्चमा धेरै रमाइलो हुनेगरी तीज पर्व मनाउने अभियानलाई समेत प्रतियोगिताले सन्देश दिने अपेक्षा गरिएको छ ।

Leave a Reply