नेकपा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नबराज शर्मालाई पितृ शोक परेको छ । संविधानसभा सदस्य शर्माका ८३ बर्षिय पिता यामलाल शर्माको बिहिबार निधन भएको थियो ।

एक्कासी शरीर कमजोर भएपछि पोखराको मणिपाल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा बिहिबार घर ल्याउने क्रममा बाटोमा निधन भएको थियो ।

हालको मालिका गाउँपालिका वडा नं ७ बिमको तत्कालिन गाविस अध्यक्ष समेत रहनुभएका शर्मा राजनीतिक तथा सामाजिक गतिविधिमा समेत सक्रिय हुनुहुन्थ्यो । स्वर्गीय शर्माको ५ छोरी र २ छोरा छन् । स्वर्गीय शर्माको विहिबार नै धार्मिक परम्परा अनुसार कालिगण्डकी नदीमा अन्त्येष्टी गरिएको छ ।

Leave a Reply