श्रीकृष्ण जन्माष्टमीको अवसरमा म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी आवासीय माविले विविध कार्यक्रम गरिएको छ । बिहिबार विद्यालयमा विद्यार्थीलाई श्रीकृष्ण जन्माष्टमी पर्वको महत्वका बारेमा जानकारी गराउने तथा संस्कृतिको ज्ञान दिलाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा विद्यार्थीलाई बालबालिकालाई राधाकृष्ण बनाई कलात्मक प्रर्दशन गरिएको थियो । विद्यालयका प्रिन्सिपल मोहन अधिकारीले हरेक चाडपर्वका बारेमा विद्यार्थीलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

हिन्दु धर्मअनुसार श्री कृष्ण भगवान जन्मेको दिनको रुपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने धार्मिक संस्कार रहेको अवस्थामा बालबालिकालाई जानकारी गराउँदा जगेर्नामा सघाउ पुग्ने बताउनुभयो ।

उहाँले चाडपर्व, राष्ट्रिय विदाको अवसरमा अघिल्लो दिन विद्यार्थीलाई बिदा दिनुको कारण सहित दिवसको महत्वका बारेमा समेत जाकारी गराउने गरिएको बताउनुभयो । यसैबीच बेनीबजारमा नेवार समुदायले आयोजना गर्ने बर्खे नाच अन्तरगत विद्यालयका विद्यार्थीले लाखे नाच प्रर्दशन गरेका थिए । बर्खे नाच बेनीबजारको रैथाने कला र संस्कृति मानिन्छ ।

Leave a Reply