म्याग्दीको बेनी नगरपालिका–२,का निर्वाचित वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको थियो । लामो समयदेखि राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय स्वर्गीय कार्कीको निधनले ज्यामकरुकोटबासी स्तब्ध भएका छन् ।

ज्यामरुककोटका बिकास निर्माण, लामो समय स्थानीय सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको नेतृत्व गर्नुभएका कार्की भद्र, शालिन स्वभाव र निकै सहयोगी हुनुहुन्थ्यो। केहीदिन यता कार्कीको स्वास्थ्य बिग्रिएको अस्पतालले जनाएको छ। स्वर्गीय कार्कीको पार्थीव शरिरमा नेकपा माओवादी केन्द्र म्याग्दीले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिएको छ । माओवादीका नेताले क्रान्तिकारी, इमानदार छवि भएका नेतालाई गुमाउँदा सिंगो पार्टी र समाजलाई ठूलो क्षति भएको बताएका थिए । अन्त्येष्टीमा प्रदेश सांसद विनोद केसी सहित बेनी नगरपालिकाका जनप्रतिनिधि लगायत शुभचिन्तक र आफन्त सहभागी थिए ।

Leave a Reply