म्याग्दी जिल्ला भलिबल संघको कार्यालय शुक्रबार एक समारोहका बिच उद्घाटन गरिएको छ । ‘राष्ट्रका लमगि खेलकुद–स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ जिल्लामा सञ्चालन भइरहेको भलिबल खेललाई थप ब्यवस्थित, नियमित अभ्यास सहित नयाँ खेलाडी उत्पादन गर्ने गरी अगाडी बढेको संघको जिल्ला समन्वय प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।

बेनी नगरपालिका–८,पिपलचोकको भित्री गल्तीमा स्थापना गरेको कार्यालयको उद्घाटन गदैं प्रमुख अतिथि थापाले म्याग्दी भलिबलको क्षेत्रबाट चिन्ने गरिएको बताउनुभयो । ‘देशको भलिबल खेलको नेतृत्व गर्ने गरी म्याग्दीले खेलाडी उत्पादन गरेको छ,‘भलिबलमा अझै धेरै सम्भावना छ’ प्रमुख अतिथि थापाले भन्नुभयो ।

कार्यालय उद्घाटनको अवसरमा जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्था, भलिबल संघको गण्डकी प्रदेश तथा विभिन्न जिल्लाबाट समेत उपस्थिती रहेको थियो ।

सोही अवसरमा म्याग्दी जिल्ला भलिवल विकास र खेल क्षेत्रमा लामो समय योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको छ। सम्मानित हुनेमा नेपाल महिला भलिवलका राष्ट्रिय क्याप्टेन अरुणा शाही, नेपाल भलिवल संघका पुर्व केन्द्रीय महासचिव डि. वि. नेपाली, पुर्व खेलाडी, प्रशिक्षक एवम् रेफ्रि मुन्ना केसी, गण्डकी प्रदेश सदस्य एवम् पुर्व खेलाडी तथा प्रशिक्षक गंगा केसी, खेलकुद विकास समितिका पुर्व अध्यक्ष कृष्णकुमार विश्वकर्मा, भलिबल संघका संस्थापक अध्यक्ष एवम्जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष रमेशकुमार श्रेष्ठ र संस्थापक सचिव विनय श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, सम्मानित व्यक्तित्वहरु रमेशकुमार कुमार श्रेष्ठ, कृष्णकुमार विश्वकर्मा, डिवि नेपाली र अरुणा शाहि र प्रमुख अतिथि राजकुमार थापाले बोल्दै नवौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबल म्याग्दीमा सम्पन्न गर्न र त्यसको पहल गरेको साथै सफल व्यवस्थापन गर्न लागि पर्ने बताएका थिए ।

अध्यक्ष तेजिन्द्र बानिया क्षेत्रीको अध्यक्षता, सचिव कुमार किसानको स्वागत र सञ्चारकर्मी अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तथा लोकप्रिय कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । बि.स २०६१ सालमा स्थापित संघको २०७९ असारमा भएको अधिवेशनबाट निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई गण्डकी प्रदेश भलिवल संघको तर्फबाट कार्यबाहक अध्यक्ष हरि कुमार श्रेष्ठ र केन्द्रीय सदस्य राजकुमार गुरुङले प्रदानपत्र वितरण गरेका थिए ।

 

Leave a Reply