म्याग्दीमा पछिल्लो समय प्रहरीले धमाधम विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा रहेका गाँजाको बोट फँडानी अभियानलाई तिब्रता दिएको छ । समुदाय–प्रहरी साझेदारी’कार्यक्रम अन्तरगत प्रहरीले जिल्लाका विभिन्न स्थानमा पुगेर खेतबारी, जंगलमा फैलिएको गाँजा नष्ट गरिरहेको छ ।

शुक्रबार पश्चिम म्याग्दीको मंगला गाउँपालिका वडा नं २ माटेबगरमा करिब २ रोपनीमा फैलिएको १ सय २० ओटा गाँजाको बोट नष्ट गरिएको प्रहरी सहायक निरिक्षक लाल बहादुर थापाले बताउनुभयो । बजार आसपासका क्षेत्रमा फैलिएको गाँजाको बोट खोज्दै प्रयोगकर्ता देखिन थालेपछि स्थानीयको सहयोगमा नष्ट गरिएको हो । उक्त अभियानमा स्थानीयबासी, सामुदायिक प्रहरी सेवा केन्द्र लगायतको उपस्थिती रहेको थियो । संकलित गाँजाका बोट स्थानीय जनप्रतिनिधि र नागरिकको रोहवरमा नष्ट गरेको थियो ।

समाजलाई विकृतिबाट रोक्न जिल्लाको अन्य ठाउँमा भएको गाँजा खेती नष्ट गर्न प्रहरी टोली परिचालन गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो । ‘यस कार्यमा सबैको साथ र सहयोगको अपेक्षा रहेको छ,‘गाँजाको बोट समुदायले आफै नष्ट गर्न सक्नुहुन्छ’ प्रनाउ भारतीले भन्नुभयो । प्राकृतिक रूपमा रहेका गाँजा प्रयोग नहोस् भनेर जिल्लाका सबै स्थानीय तहमा यो अभियान सञ्चालन गरिएको छ । म्याग्दीमा ब्यवसायीक खेतीभन्दा प्राकृतिक रुपमा उम्रिएको धेरै रहेको छ ।

Leave a Reply