मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ तेताङको प्याङ लेकमा शंकास्पद वस्तु पड्किएर घाइते भएका म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ का तेजेन्द्र रोकामगर र दिलिप रोकामगरको उपचारमा आर्थिक अभाव भएको छ ।
जिम्बु टिप्न बन्दोबस्तीका सामाना लिएर मुस्ताङको लेकमा पुगेको अवस्थामा शंकास्पद वस्तु पड्किएको चार जना घाईते भएकोमा घाईतेद्धय तेजेन्द्र र दिलिपको अवस्था गम्भीर भएपछि हाल किर्तीपुर अस्पतालमा लगिएको छ । शरीरभरी चोट लागेको अवस्थामा उपचारमा थप आर्थिक समस्या भएको दुर्दशन मुनज्योती यूवा क्लव पात्लेले जनाएको छ ।
शंकास्पद वस्तु पड्किएर रुमकै रेस रोकामगर, टिका बुढामगर घाईते भएकोमा उनीहरुको बेनी अस्पतालबाटै डिर्जाच भएको थियो । जिम्बु खोज्ने क्रममा शंकास्पद वस्तु पड्किएर घाइते भएकामध्ये तेजेन्द्रको दुबैतर्फको हातको औलामा क्षति पुगेको थियो । उनको बाँयातर्फको हातको ३ वटा औला सहित शरीर र अनुहारमा चोट छ ।
यसबीच मालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले घाईतेको उपचारमा आर्थिक सहयोग आवश्यकता रहेको भन्दै सहयोगको अपिल गरेका छन् । लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोग अभियानमा साथ दिन स्वदेश तथा विदेशमा रहेका मालिकाबासीलाई अनुरोध गरिएको छ । उक्त स्थानमा नेपाली सेना सहितको टोलीले बम पुरानो भएको र पुरै खिया लागेको अवस्थामा भेटिएको थियो ।
सम्पर्क:-9845261970
बैंक खाता 1750212769200011
बैंक होल्डर नाम:- बाती रोका
बैंक नाम:- प्रभु बैंक
सहयोगको लागि सम्पर्क Kesh Bahadur roka magar लाई sms गर्न सक्नु हूनेछ ।

Leave a Reply