म्याग्दीको बेनी नगरपालिका-२,का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको शोकमा आइतबार बेनी नगरपालिका बन्द गरिएको छ । जन्डिस र फोक्सोमा खरावी देखिएपछि उपचारको क्रममा ५१ बर्षिय कार्कीको शुक्रबार निधन भएपछि बेनी नगरपालिका तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय आइतबार एक दिनका लागि बन्द गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख सुरत केसीद्धारा हस्ताक्षर गरिएको शोक मन्तब्यमा नगरपालिकाभित्रको अत्यावेशक बाहेकका सबै सेवा बन्द गरिएको उल्लेख छ । गएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित स्वर्गीय कार्कीको नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष तथा जिल्ला समन्वय समितिका सदस्य समेत हुनुहुन्थ्यो ।

वडा सदस्यको निधनमा वडा कार्यालयले समेत शोक सभा गर्ने वडा अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । स्वर्गीय कार्कीको अगुवाईमा अर्जुन माविमा उच्च शिक्षा सहित वडाभित्रका समुदायिक विद्यालयको सुधार तथा भौतिक पूर्वाधारमा समेत ठूलो योगदान रहेको छ।

Leave a Reply