युवाको व्यक्तित्व र नेतृत्व विकासमा अग्रसर नेपाल जेसीजको क्षेत्रीय सम्मेलन आगामी वर्ष म्याग्दीमा हुने भएको छ । भदौ ३ र ४ गते गोरखा जेसीजको आतिथ्यतामा सम्पन्न क्षेत्रीय सम्मेलनका लागि तोकिएको निर्धारित समयमा म्याग्दी जेसीजले मात्र निवेदन पेश गरेकाले सर्वसम्मत रुपमा आतिथ्यता गर्ने अवसर प्राप्त गरेको हो ।

क्षेत्रीय सम्मेलन प्रमोशन कमिटीका संयोजक तथा संस्थापक अध्यक्ष एवम् बेनी नगरपालिकाका प्रवक्ता, वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले सबै जेसीजमनहरुलाई आभार व्यक्त गर्दै सम्मेलन आतिथ्यतामा कुनै कमि नरहने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल जेसीजले आफ्ना शाखाहरुलाई चारवटा क्षेत्रमा विभाजन गरेको छ ।

यस अघि सन् २००७ मा म्याग्दी जेसीजले क्षेत्रीय सम्मेलन सफलतापुर्बक सम्पन्न गरेको थियोे । म्याग्दी जेसीजबाट धनञ्जय कुमार श्रेष्ठलाई राष्ट्रिय उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष हुँदै राष्ट्रिय अध्यक्ष र सुजन बरुवाललाई राष्ट्रिय उपाध्यक्षको रुपमा नेतृत्व तहमा पु¥याइसकेको छ ।

सम्मेलनमा पुर्व राष्ट्रिय अध्यक्ष धनञ्जय कुमार श्रेष्ठ, पुर्व राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल, शाखा अध्यक्ष सन्दिप खत्री, पुर्व अध्यक्षहरु राजेन्द्र आचार्य, विजय कुमार श्रेष्ठ, सुविन श्रेष्ठ, ईश्वर श्रेष्ठ, विनय श्रेष्ठ, बविन बाग्दास, नवराज पौडेल, भिमसेन बराइली, कमल विश्वकर्मा, खम थापामगर, विरेन्द्र श्रेष्ठ र जेसीज सदस्यहरुको उल्लेख उपस्थिति रहेके थियो ।

शाखा अध्यक्ष सन्दिप खत्रीले सम्पुर्ण म्याग्दीबासीले आतिथ्यताको लागि अघि बढ्न हौसला दिएकाले सफल भएको बताउदै जिल्लाबासीले आफ्नै सम्झेर सफल पार्न अनुरोध गरे ।सम्मेलनले युवाहरुलाई जेसीजमा आकर्षक गर्नुका साथै जिल्लाको पर्यटकिय र धार्मिक स्थलहरुको प्रचारप्रसार र स्थानीय उत्पादन वृद्धि व्यापार व्यवसाय समेत प्रवर्द्धन हुने विश्वास लिईएको छ ।१८ देखि ४० बर्ष उमेर समूहका उर्वर र सृजनशील युवाहरुको नेतृत्व, व्यक्तित्व र भातृत्व क्षमताको विकास गर्ने जेसीजले आफ्ना प्रत्येक सदस्यको नेतृत्व र व्यक्तित्व विकास गराउने कुरामा विश्वास गर्छ ।

यसले आफ्ना सदस्यहरुलाई उपयुक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराई असल व्यक्तित्वको निर्माण गरी समाजलाई हस्तान्तरण गर्ने कार्यमा संलग्न भएकाले समेत यूवाहरुको आर्कषण छ ।

Leave a Reply