अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

केवाईसीको अध्यक्षमा राजिन पुरी चयन

On: August 20, 2022 10:00 PM
Follow Us:
---Advertisement---

म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित काउलेगौंडा यूवा क्लव (केवाईसी) को छौठौं अधिवेशनबाट अध्यक्षमा राजिन पुरी चयन भएका छन् । शनिबार क्लवमा आयोजित अधिवेशनबाट उपाध्यषमा नगेन्द्र बस्नेत, सचिव कुमार केसी, सहसचिव हिरा खत्री, कोषाध्यक्ष मदन चोखाल रहेका छन ।

त्यसैगरी सदस्यहरुमा कमल बस्नेत र रक्षक जङ्ग बस्नेत रहेको अध्यक्ष पुरीले बताए । अधिवेशनको उद्घाटन गदैं क्लवका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँले जिल्लामा फरक पहिचान बनाएको क्लवका राम्रो अभ्यासलाई निरन्तरता दिदैं कमीकमजोरीबाट पाठ सिक्न अनुरोध गरे।

‘खेलकुदसँगै धेरैको जिवन रक्षामा क्लवले भूमिका खेलेको छ,‘क्लवको पहिचानलाई सबैले जोगाउनुपर्छ’ जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष समेत रहेका बानियाँले भने।

उनले क्लव स्थापनायता भलिबल खेलसँगै विपन्न र आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका, विपन्न परिवार सहित विकास निर्माण लगायतका क्षेत्रमा समेत काम गरेको बताउँदै नयाँ कार्यसमितिलाई कार्यकाललाई अविस्मरणीय बनाउने गरी काम गर्न अनुरोध गरे ।

सोही अवसरमा भलिबलका क्षेत्रीय रेफ्री समेत रहेका नवनिर्वाचित अध्यक्ष पुरीले क्लवको पुरानो पहिचानलाई जोगाउने बताए । उनले क्लवमार्फत खेलकुद गतिविधि बाहेक सामाजसेवामा समेत सक्रिय हुने प्रतिबद्धता जनाए । म्याग्दीमा भलिबलको क्षेत्रमा केवाईसीको फरक पहिचान छ ।