लायन्स क्लव अफ बेनी महारानीले शनिबार दिदीबहिनी भेटघाट तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ। नजिकिदै गरेको हिन्दू महिलाहरुको महान पर्व मानिने हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गदैं बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले तिजलाई आफ्नै मौलिकता रहेको धार्मिक, सांस्कृतिक महत्व,संस्कार र संस्कृतिलाई जोगाउँदै पर्व मनाउनुपर्नेमा जोड दिनुभयो ।

लायन्स क्लब अन्तराष्ट्रियकी जोन चियरपर्सन संगिता श्रेष्ठले समय अनुकुल मिलाएर पर्वको महत्व साटासाट गर्न आयोजित कार्यक्रमले एकता र सहकार्यको सन्देश प्रवाह गरेको बताउनुभयो । सोही अवसरमा लान्यस क्लव अफ दोभानकी पूर्व अध्यक्ष अमृतदेवी बानियाँ, क्लवकी पूर्व अध्यक्ष प्रमिला जोशी श्रेष्ठलेतिजलाई भड्किलो नभई सभ्य, सरल र संस्कृतीको तीज बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

कार्यक्रममा सहभागी महिलाले पर्वको अवसरमा आयोजित कार्यक्रमले प्रोत्साहन, सम्मान र हौसला मिल्ने गरेको बताएका थिए । क्लवकी अध्यक्ष भिमकुमारी सुबेदीको अध्यक्षता, पूर्व अध्यक्ष प्रमिला जोशी श्रेष्ठको स्वागत, कार्यक्रम सञ्चालन सिलु श्रेष्ठ र कार्यक्रम संयोजक रन्जिता शेरचनले गर्नुभएको थियो । दर खाने कार्यक्रममा ज्येष्ठ नागरिक, महिला, गरी करिब एक सय जना सहभागी भएको आयोजकले जनाएको छ।

 

 

 

 

Leave a Reply