गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याग्दीबाट पुरुष कवड्डीतर्फ सहभागी हुने खेलाडीको छनौट गरिएको छ ।

शनिबार जिल्ला खेलकुद विकास समितिको कर्वड हलमा आयोजित छनौट खेलमा अमृत सेन्चुरी, रोजन ज्वारचन, बिकास बानिया,सागर परियार,निसान गौचन सफल केसी, कुमार लामा, आयुश पुर्जा बिबेक सुनार र मनोज विक रहेको म्याग्दी कबड्डि संघ अध्यक्ष एब जिल्ला कोच राज कुमार परियारले बताउनुभयो । जिल्लाबाट विभिन्न खेलमार्फत सहभागी हुने खेलाडीको छनौट खेल जारी छ ।

जिल्ला खेलकुद विकास समितिले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेपछि आर्चरीको छनौट भइसकेको छ भने अन्य खेलहरु भदौ १० गतेभित्र सम्पन्न गरिने छ । मार्सल आर्ट भदौ ६ देखि १० गते, ब्याड्मेन्टिन भदौ ७ गते, एथलेटिक्स भदौ ८ गते, बास्केटबल भदौ ८ गते, फुटबल भदौ ९ गते, महिला भलिबल ९ र पुरुष भलिबल १० गते तोकिएको छ ।

जिल्लाबाट छनौट भएका खेलाडीको प्रदेशमा समेत छनौट हुने र त्यहाँ छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखिने छ ।

Leave a Reply